महिलालाई क्षमता विकास तालिम

तुलराज पाण्डे

कालिकोट, २३ असार ।

कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर ४ मा महिलाहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । सहभागीहरुलाई खाँडाचक्र नगरपालिका महिला शाखा प्रमुख अम्बिका मल्लले प्रशिक्षण गरकी थिइन् ।

वडाध्यक्ष धनसिंगे विश्वकर्माले महिलाका सवाल, स्थानीय निकायमा महिलाका भुमिका र महिला सम्बन्धि बनेका नीति नियमलाई सामाजिक रुपमा नै विभेदका बारेमा जानकारी दिएकी थिइन् । उनले वडामा महिला लक्षित कार्यक्रम राखेको बताइन् ।

खाँडाचक्र नगरपालिकाका उद्योग वाणिज्य तथा सीप विकास शाखा प्रमुख दिपकराज देवकोटाले विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) महामारीलाई फैलिन नदिन सचेत रहन आग्रह गरे । उनले महिला नै घरको मुख्य जिम्मेवार व्यक्ति भएकाले सरसफाई ध्यान दिन पनि उतिकै महत्व रहेको बताए ।

कार्यक्रममा महिला समुह, किशोरी समुह, बाल क्लबका पदाधिकारी लगायत ४० जनाको सहभागी रहेको वडा सचिव आरति न्यौपानेले जानकारी दिइन् । कार्यपालिका सदस्य सरिता आचार्यको सभाअध्यक्षता वडा नम्बर ४ का वडाध्यक्ष धनसिंगे विश्वकर्माको प्रमुख आतिथ्यता र खाँडाचक्र नगरपालिका प्रशासन शाखा अधिकृत अविराज शाही महिला शाखा प्रमुख अम्विका मल्ल, उद्योग वाणिज्य तथा सीप विकास शाखा प्रमुख दिपकराज देवकोटा, द्रृारीका न्यौपाने,वडा सदस्य प्रजापति आचार्य, जया विश्वकर्मा, पुन्कलि वि.क.को विशेष आतिथ्यतामा कार्यक्रम संचालन गरिएको थियो ।

महिलालाई क्षमता विकास तालिम

विद्यालयका क्वारेन्टाइन हटाइँदै

महिलालाई क्षमता विकास तालिम

 प्रारम्भीक द्रुत लेखाजोखा सम्बन्धी तालिम

Leave a comment

Your email address will not be published. Required fields are marked *