यौन तथा प्रजनन सम्बन्धि अभिमुखकिरण

सुर्खेत : वीरेन्द्रनगर सुर्खेतमा यौन तथा प्रजनन स्वास्थ्य संग सम्वन्धित अध्ययन प्रतिवेदन प्रस्तुतिकरण एवंम अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।  नेत्रहीन युवा संघ नेपालको आयोजना र शाखा सुर्खेतको समन्वय तथा परिवार योजना टन्टीटन्टीको आर्थिक सहयोगमा उक्त कार्याक्रम भएको हो ।

साथै उक्त कार्यक्रममा स्वास्थ्य सम्बन्धि नीति तथा ऐन, नियम बनाउँने, यि विषयमा कानून बनाउँदा अपाङ्गता समेत समेटीनु पर्ने, अब बन्ने नयाँ संचनाहरु अपाङ्गता मैत्री बनाउँने पर्ने जस्ता प्रतिवद्धताहरु समेत माग गरिएको छ ।

जसमा सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखा, कर्णाली प्रादेशिक अस्पताल, जनस्वास्थ्य सुर्खेत, रेडक्रस सुर्खेत, परिवार नियोजन सुर्खेत, मेरी स्टोप सुर्खेत, अर्टिजम केयर सेन्टर सुर्खेत, कर्णाली राष्ट्रिय अपाङ्ग महासंघ, कर्णाली नेत्रहीन संघ, सुर्खेत नेत्रहीन संघका साथै सुर्खेतका नौ वटै स्थानीयतह अन्तर्गतका स्वास्थ्य शाखा संयोजक र स्वास्थ्य स्वयम् सेविकाहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *