जाजरकोट हिडेका सञ्चारकर्मी वालुवासँग्रहीबाट फर्काइयो

दुर्गा विसी
सल्लीबजार, २३ जेष्ठ ।
सल्यान सल्लिवजारमा माथीको आदेश भन्दै २ जना पत्रकारलाई जाजरकोट जना रोकिएको छ । ६ जनाको हत्या भएको सोती हत्याकाण्डको रिपोर्टिङमा जाँदै गरेका दुई जना पत्रकारलाई जाजरकोट पुग्नै नदिई सल्यानको वालुवासँग्रही बजारमा रोकिएको हो । विहीबार दुवै जना राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशको अध्यक्ष खगेन्द्र सुनार र पत्रकार महासंघ सुर्खेत शाखाका कोषाध्यक्ष टेकेन्द्र विकलाई गृहमन्त्री रामवहादुर थापा तथा माथिको आदेश भन्दै सल्यान प्रहरीले वालुवासंग्राही बजारमा रोकेको हो ।

वालुवासँग्रही बजारबाट फर्कि सकेपछि फोनमा कुरा गर्दै सुनारले भने, ‘मास्क खोल्न लगाएर प्रहरीको मोबाइलमा रहेको फोटोसँग अनुहार म्याच गराई रोकियो । हामीसँग गृहमन्त्री र गृह प्रशासन किन यसरी डरायो आश्चर्यमा परेको छु ।’ जाजरकोट जानु अघि कर्णाली प्रदेशका डीआइजी वसन्त पन्तले जानलाई कुनै रोकटोक नभएको बताएपछि त्यसतर्फ हिडेको भएपनि उनकै मातहतका प्रहरीले बाटोमा रोकेको जानकारी गराउँदा फोन अफ गरिएको उनले बताए ।

दुई जनालाई मात्र बिशेष कारण भन्दै रोकिए पनि ३ वटा सवारीमा साधनमा गएका अन्य पत्रकारहरुलाई भने जान दिईएको उनले बताए । अरु केही मानवअधिकारवादी र पत्रकारलाई भने त्यसतर्फ जान दिएको बताएको छ । वालुवासँग्रही प्रहरी पोष्टका अनुसार माथिको आदेश भन्दै उनी दुवैलाई रोकिएको जनाएको छ । रिपोर्टिङ तथा घटना बुझनको लागि पत्रकार तथा मानवअधिकारको टोलीसँग उनीहरु पनि हिडेका थिए । अरुलाई जान दियो तर उनीहरु दुबै जनालाई फर्काएपछि सर्वत्र विरोध भएको छ ।

जाजरकोट हिडेका सञ्चारकर्मी वालुवासँग्रहीबाट फर्काइयो

विश्वविद्यालय परिसरमा वृक्षारोपण

जाजरकोट हिडेका सञ्चारकर्मी वालुवासँग्रहीबाट फर्काइयो

दैलेखमा निषेधाज्ञा जारी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!