२०८२ फाल्गुन ५ गते
×

Now Playing

प्रदेश सभा सदस्य शाहकाे सहयाेगमा, १० स्थानीय तहमा खाद्यान्न वितरण हुँदै 

दुर्गा विसि

सल्यान (सल्लीबजार), २३ चैत्र ।

सल्यानकाे पश्चिम क्षेत्र बनगाड कुपिण्डे नगरपालिकालाई प्रदेश सभा सदस्य गुलाव जंग शाह, नेकपा जिल्ला कमिटि सदस्य प्रमोद श्रेष्ठ र मनाेज प्रधानको व्यक्तिगत सहयोगमा राहत सामग्री हस्तान्तरण गरिएको छ ।

बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गाेविन्द कुमार पुन, उप प्रमुख मञ्जु यरिलाइ ५ सय केजि २० वाेरा चामल, नुन र तेल शाहका स्वकिय सचिव रामवहादुर केसी युवा नेता मानाेज सिंहको टाेलिले नगरमा अाइतबार उक्त खाद्यान्न हस्तान्तरण गरेकाे जनाएको छ । तत्काल पहिलो चरणमा देशमै सटेज भएरहेको खाद्यान्न यहाँका गरिव अति विपन्न परिवारलाई दिनका लागि एकद्वार प्रणालीबाट वितरणका निम्ति बुझाएको छ।

साे खाद्यान्न नगरले यहाँका अति विपन्न नागरिकलाई वितरण गर्ने नगर प्रमुख पुनले जानकारी दिनु भएको छ । नगरले यसैमा अाफ्नाे तर्फबाट थप गरेर संयुक्तरूपमा उक्त खाद्यान्न केहिदिन भित्र वितरण गर्ने जनाएको छ । सल्यान प्रदेश ख का प्रदेश संसद तथा नेकपा कर्णाली प्रदेशका सचेतक गुलाव जंग शाह, नेकपा जिल्ला कमेटि सदस्य प्रमोद श्रेष्ठ, मनाेज प्रधानको व्यक्तिगत सहयोगमा सल्यानका १० वटै स्थानीय तहमा पहिलो चरणमा २० कठ्ठा चामल, नुन र तेल वितरणकाे लागि गाउँपालिका तथा नगरपालिकालाइ हस्तान्तरण गर्ने कार्यक्रम स्वरुप बनगाड कुपिण्डेबाट सुरु गरिएको छ ।

पहिलो दिनमै केही स्थानीय तहमा खाद्यान्न हस्तान्तरणकाे लागि खाद्यान्न वाेकेकाे ट्रकसँगसँगै शाहका स्वकीय सचिव केसि र मानाेज सिंहको टाेलि स्थानीय तहदौडमा रहेको छ । उक्त खाद्यान्न काेराेना महामारी नियन्त्रणकाे लकडाउन समयमा गासकाे जाेह हुन नसकेका विपन्न परिवारलाइ वितरण गरिने जनाएको छ ।

प्रदेश सभा सदस्य शाहकाे सहयाेगमा, १० स्थानीय तहमा खाद्यान्न वितरण हुँदै 

YUGAAWHAN NATIONAL DAILY (2076-12-23)

प्रदेश सभा सदस्य शाहकाे सहयाेगमा, १० स्थानीय तहमा खाद्यान्न वितरण हुँदै 

यसरी खर्च हुँदैछ विपद् कोषको रकम

Leave a comment

Your email address will not be published. Required fields are marked *