‘गरिब विद्यार्थीलाई उच्च शिक्षामा जोड्न सरकार प्रतिवद्ध’

सुर्खेत : आर्थिक अवस्थाका कारण उच्च शिक्षा पढ्नबाट बञ्चित विद्यार्थीलाई पहुँचमा ल्याउन सरकार प्रतिवद्ध रहेको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताएका छन् । मोडेल कलेज सुर्खेतको नवौं वार्षिकोत्सवमा मन्त्री भण्डारीले निर्धन विद्यार्थीहरुका लागि उच्च शिक्षाको ढोका बन्द नहुने स्थितिको अन्त्य गर्न सरकारले सहयोग गर्ने बताएका हुन् ।

समाजवादी शिक्षा प्रणालीमार्फत शिक्षालाई सुलभ बनाउदै प्रदेशमा उच्च शिक्षा आर्जनका अवसरहरू सिर्जना गर्नुपर्ने महत्वपुर्ण दायित्व काँधमा रहेको भण्डारीले बताए । ‘कर्णालीको शिक्षा कमजोर रहेकाले आर्थिक अवस्थाका कारण बढ्नबाट बञ्चित नहुन भन्ने उदेश्यले छात्रवृत्ति कार्यक्रम सरकारले सञ्चालन गरिएको छ’ मन्त्री भण्डारीले भने, ‘शिक्षामा सर्वसाधारणको पहुँचमा ल्याउन सरकारले थप कार्यक्रमहरु सञ्चालन गर्नमा प्रतिबद्ध छ ।’

वैज्ञानिक, ब्यवसायिक र रोजगारमुलक शिक्षा कसरी सुनिश्चित गर्ने भन्ने विषयमा सबै पक्षको साथ आवश्यक रहेको भण्डारीले उल्लेख गरे । ‘शिक्षाका नाममा प्रदेशबाट बाहिरिने पूँजी पलायन रोक्नमा मोडल कलेजको योगदान कस्तो रहन्छ प्रश्न गर्दै भण्डारीले भने, ‘यसको सामुहिक जवाफ दिनु पर्दछ । एकल जवाफ पर्याप्त हुदैन । त्यसका लागि कर्णाली प्रदेश सरकारले अगुवाई गरिहेको छ ।’ प्रदेशलाई विकास र समृद्धिको उच्च मञ्जिलमा पु¥याउन समृद्ध कर्णाली प्रदेश, सुखारी कर्णालीबासीको संकल्प सार्थक तुल्याउन अगुवाई गर्ने मानवसंशाधन उत्पादनमा सुर्खेत मोडेल कलेजको भुमिका महत्वपुर्ण हुने विश्वास पनि मन्त्री भण्डारीको छ ।

कार्यक्रममा वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालले देशकै अब्बल क्याम्पसका रुपमा स्थापित हुन शुभकामना दिइन् । क्याम्पसले व्यवस्थापन अन्तरगत विआइएम, विएचएम, विविएस र एमविविएस र प्लस टू कार्यक्रम सञ्चालन गर्दै आएको क्याम्पस प्रमुख गणेश आचार्यले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *