प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण पर्सि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार अर्थात पर्सि मिर्गौला प्रत्यारोपण गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ । यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले यो दोस्रो मिर्गौला प्रत्यारोपण हुनेछ । प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले निरन्तर औषधि खाइरहेका छन् । सन् २०१३ मा ‘मेनिन्जाइटिस’ भयो ।

शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका उनलाई ग्राण्डीमा रिफर भएपनि उपचार सम्भव भएपछि बैंकक गलिएको थियो । त्यहाँ महिना दिनभन्दा लामो उपचारका क्रममा ढाडबाट पानी झिक्नुपर्ने अवस्था थियो । उनी बेलाबेला स्वास्थ्य परीक्षणका लागि विदेश गइरहन्थे । पछिल्लो पटक १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गए । २७ साउन स्वदेश फर्किएका उनको मिर्गौलाले राम्रोसँग काम नगरेपछि ५ भदौमा फेरि सिंगापुर पुगे । नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गरिएको थियो ।

तर यो उपचारले पनि राम्रोसँग काम नगरेपछि २ कात्तिकमा फेरि अस्पताल पुगे । ४ गते बुधबार फेरि अस्पताल पुगेका उनको आकस्मिक रुपमा डायलाइसिस गरियो । त्यसयता उनको नियमित डायलासिस गरिँदै आएको छ । उनीसामू नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प थियो । चिकित्सकहरुसँग लामो परामर्शपछि उनले पुनः प्रत्यारोपणको विकल्प रोजेका छन् ।

नातिनीले दिने भइन् मिर्गौला

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि नातिनीसँग ‘म्याच’ भएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार नातिनीको मिर्गौलासँग म्याच गरेपछि उनी तयार भएकी हुन् । प्रधानमन्त्री ओलीका नजिकका आफन्ततर्फकी नातिनीको नाम गोप्य राखिएको छ । उनी पहिलेदेखिनै प्रधानमन्त्री ओलीको सान्निध्यमा रहेकी थिइन् । ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो । यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो ।
ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा भएको थियो । दोस्रो प्रत्यारोपण भने देशभित्रै शिक्षण अस्पतालमा गर्ने चाहना प्रधानमन्त्रीले राखेका हुन् ।
नेपालका सरकारी अस्पताल र चिकित्सकप्रति भरोसा बढाउन पनि प्रधानमन्त्रीले शिक्षण अस्पताल रोजेको स्रोतको भनाइ छ ।
पछिल्लो समय उनले नियमित स्वास्थ्य परीक्षण पनि शिक्षण अस्पतालमै गराउँदै आएका छन् भने एपेन्डिसाइटिसको शल्य क्रिय समेत सोही अस्पतालमा सफल भएको थियो ।
‘प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपणको कुरा आएपछि धेरै कार्यकर्ता र सर्वसाधारणले ओलीका लागि होइन मुलुकको भोलिका लागि म मेरो मिर्गौला दिन्छु भनेर आग्रह गरेका थिए’ स्रोतले भन्यो ‘तर नातिनीलेनै दिने भनेपछि उनकै म्याच भयो ।’

प्रधानमन्त्री ओलीको  मिर्गौला प्रत्यारोपण पर्सि

६४ वर्षको उमेरमा बहुविवाह गरी फरार

प्रधानमन्त्री ओलीको  मिर्गौला प्रत्यारोपण पर्सि

अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!