“विज्ञान केवल विषय होइन, भविष्य हो” – जीवन ज्योती स्कुलको विज्ञान प्रदर्शनी उद्घाटन गर्दै सुर्य ढकाल

सरला सुवेदी बाँके ,४ माघ । बाँके क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित पूर्व प्रतिनिधिसभा सदस्य सुर्य ढकालले कोहलपुर नगरपालिका–१० रामनगरस्थित जीवन ज्योति माध्यमिक विद्यालयमा आयोजित विज्ञान तथा हस्तकला प्रदर्शनी र फुड फेस्टिबलको शनिबार उद्घाटन गर्नुभएको हो। विद्यालयमा भएको उक्त प्रदर्शनीले विद्यार्थीहरूको सिर्जनशीलता, वैज्ञानिक सोच र व्यवहारिक सीपलाई उजागर गरेको छ भने फुड फेस्टिबलले कार्यक्रममा […]

कर्णालीमा निर्वाचन तयारी: निर्वाचन अधिकृतका कार्यालय  स्थापनासँगै आचारसंहिता लागु 

ओम शाही सुर्खेत,४ माघ । कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । शुक्रबार निर्वाचन कार्यतालिका अनुसार निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका हुन् । सरकारले यसअघि नै कर्णाली प्रदेशमा प्रतिनिधिसभातर्फको प्रत्यक्ष निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृत तोकिसकेको छ । २३–२४ को जेन–जी आन्दोलनपछि गठन भएको पूर्वप्रधानन्याधिस सुशीला कार्की नेतृत्वको सरकारले […]

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

बाँके, ४ माघ ।  बाँकेको खजुरा गाउँपालिका–३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले यही माघ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए । हालसम्म भवनको ८८ प्रतिशत निर्माणकार्य पूरा भइसकेको छ । समयमै काम सक्न निर्माण व्यवसायीलाई निरन्तर ताकेता र अनुगमन भइरहेको उनले […]

निर्वाचन ४७ दिन बाँकी निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौँ, ४ माघ ।  निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री, मतपत्र तथा अन्य अत्यावश्यक सामग्री ढुवानीका लागि कुरियर सेवातर्फ दुई वटा फर्म छनौट गरेको हो । आयोगका अनुसार, […]

आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी 

काठमाडौँ, ४ माघ ।  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ७ मा वार्षिक बजेट बनाउदा […]

कर्णाली सरकारको बजेट खर्च ६ महिनामा १३.७४ प्रतिशत

सुर्खेत, ४ माघ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा जम्मा १३.७४ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगत बजेटतर्फ ७.९० प्रतिशत बजेट खर्च गरेको सरकारले बाँकी खर्च चालुतर्फ गरेको हो । चालु आर्थिक वर्ष (०८२/०८३) मा सरकारले विकास अर्थात् पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रुपैयाँ विनियोजन गरेको थियो […]

बाँकेको पूर्वी क्षेत्रमा बाघ–चितुवाको आतंक, मानव बस्ती नजिकै देखिन थालेपछि जनजीवन त्रसित

बाँके ,४ माघ। बाँकेको पूर्वी भेगमा पछिल्लो समय हिंस्रक वन्यजन्तुको गतिविधि ह्वात्तै बढेपछि स्थानीय जनजीवन त्रसित बनेको छ। विशेषगरी बाँकेको राप्ती सोनारी गाउँपालिका र छिमेकी जिल्ला दाङसँग जोडिएका सीमावर्ती क्षेत्रमा एकैसाथ पाटेबाघ र चितुवाको चहलपहल बढेपछि बासिन्दामा त्रास फैलिएको हो। राप्ती सोनारी गाउँपालिका–१ अन्तर्गत पर्ने कुसुमस्थित बर्दापुर, लौकी तथा दाङको राजपुर गाउँपालिका–७ हाड्बास गाउँ आसपासका […]

मान्छे खाने बाघ पक्रन वा मार्न निकुञ्जलाई पत्राचार

सल्यान, ४ माघ ।  डिभिजन वन कार्यालय, सल्यानले मान्छे खाने बाघ पक्रन वा मार्न राष्ट्रिय निकुञ्ज समक्ष पत्राचार गरेको छ । बुधबार कार्यालय प्रमुख टेकबहादुर रावलले बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्दै मान्छे खाने पाटे बाघलाई पक्रन वा मार्न जारी भएको आदेश कार्यान्वयनका लागि अनुरोध गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (पाँचौँ […]

लेख : अभिशापको भारी

उमालाल आचार्य देशमा भएका ठूला ठूला परिवर्तनहरुको श्रेय लिने गरेको, विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण समशेर राणा, गणेशमान सिंह श्रेष्ठ र कृष्ण प्रसाद भट्टराई जस्ता मुर्धन्य व्यक्तित्वका विरासत थामेको भनी गौरव गर्ने गरेको पुरानो पार्टीको नाम हो नेपाली काँग्रेस । गणतन्त्र आएपछिका दिनहरुमा काँग्रेसका सभापति शेरबहादुर देउवालाई तत्कालिन माओवादीका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनेक प्रलोभन देखाउँदै […]

नेकपा कर्णाली प्रदेशसभा संसदीय दलकाे नेतामा शाही चयन

सुर्खेत ,३ माघ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशसभा संसदीय दलको नेता चयन गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई ध्वनी मतको आधारमा बहुमतबाट संसदीय दलको नेता चयन गरेको हो । दलको नेताका लागि प्रदेशसभा सदस्य विन्दमान विष्ट, दुर्गाबहादुर रावत र मंगलबहादुर शाहीले दाबी नछोडेपछि ध्वनी मतले बहुमतको […]

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस

सुर्खेत ,३ माघ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । कर्णाली प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले सदस्य सचिव सिफारिस समितिको निर्णयअनुसार योग्य उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो । सामाजिक विकास मन्त्रालयले ९ मंसिरमा प्रकाशित सूचनाअनुसार प्रारम्भिक योग्यताक्रममा परेका उम्मेदवारहरूबाट छनोट गरी शनिबार  अन्तर्वार्ता सञ्चालन गरिएको […]

कर्णाली प्रदेश प्रहरीको १५ शय्याको अस्पताल सञ्चालनमा, नागरिकले पनि पाउने उपचार सेवा

सुर्खेत,३ माघ । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतको वीरेन्द्रनगरमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ। अस्पताल भवनको आज उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनस्तरसँग प्रत्यक्ष रूपमा जोडिएको संस्था भएकाले प्रहरीले सञ्चालन गरेको अस्पतालबाट प्रदान हुने सेवाले ठूलो अर्थ राख्ने बताउनुभयो। मुख्यमन्त्री कँडेलले सुर्खेतमा पछिल्ला वर्षहरूमा जनघनत्व तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै त्यसको अनुपातमा […]

जुम्लामा नेकपाको भरोसा नरेश भण्डारीमा

गाेल्डेन बुढा जुम्ला,३ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जुम्लाका नरेश भण्डारीलाई उम्मेदवार तोकिएका छन्।शनिबार नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपालले पार्टीका जुम्ला जिल्ला इन्चार्ज समेत रहेका भण्डारीलाई टिकट दिएका हुन्।भण्डारीले सामाजिक सञ्जालमा आफुलाई पार्टीले उम्मेदवार चयन गरेको जनाएका छन्। सुरुमा सुर्खेत र काठमाडौंमा उपलब्ध […]