देउति यूवा क्लव पेनाल्टी सुटआउटमा विजयी


दलित यूवाहरुको शशक्तिकरण तथा खेलाडि प्रतिभाको खोजी भन्दै आयोजन गरिएको खुला फुटवल प्रतियोगितामा जुम्लाको तिला गाउँपालिकाको कुँडारी देउति कैलाश यूवाक्लवको टिमले जित हाशिल गरेको छ ।
देउति कैलाश यूवा क्लव तिलाले तातोपानी गाउँपालिका समाज चेतना क्लव हियाखोलालाई पेनाल्टी सुटआउटमा हराउदै जित हाशिल गरेको हो । प्रथम सो क्लवले ६६ हजार ६ सय ७० रुपैया भ्याट सहित पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी दृतीय समाज चेतना क्लव हियाखोलालाई ३३ हजार ३ सय ३५ रुपैया पुरस्कार प्रमाणपत्र र मेडल उपलब्ध गराईएको छ ।
शुरुवाति १३ मिनेटको शुरुमा गोल हान्न सफल भएको समाज चेतना क्लवलाई दोस्रो खेलको अन्तिम करिब ५ मिनेटमा देउति कैलाश यूवा क्लवले गोल फर्काएको थियो । दुवैटिमले वरावरी गोल गरेपछि फुटवल खेलको नियामानुसार पेनाल्टी सुट आउटमा तिलाको देउतीकैलाश यूवा क्लवले जित हाशिल गरेको थियो । प्रतियोगितामा १७ वटा टिमको ले सहभागीता थियोे ।
जिल्ला फुटवल संघ जुम्लाका अध्यक्ष भरतबहादुर वुढ्थापाले खेल क्षेत्रमा खेलको नियम वुझ्ने र अनुशासित खेलाडिनै महत्वपूर्ण रहेको बताए । दलित संगठनका केन्द्रीय सदस्य मंगला कामीले सवैको सहयोगमा यो खेल सम्भव भएको बताइन् । यस्तै दोस्रो अमृत स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि जुम्ला फुटबल युवा क्लबले जितेको छ । चन्दननाथ नगरपालिका –१ को दोभान शान्ति युवा क्लबलाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै जुम्ला फुटबल युवा क्लबले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
जुम्लाको चन्दननाथ नगरपालिका – १० बारेकोटेवाडामा रहेको जनज्योति माविको जुम्ला फुटबल युवा क्लबले १ लाख २ हजार २ सय २ रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको चन्दननाथ नगरपालिका–१ को दोभान शान्ति युवा क्लबले ५१ हजार १ सय ११ रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको लेकालि युवा क्बलका अध्यक्ष सन्तोष खत्रीले बबताए । खेलमा २२ वटा टिमले सहभागिता थिए । अनुशासित र योग्य खेलाडि उत्पादनमा समेत सहयोग पुगेको छ । खेलकुदका माध्यमबाट राष्ट्रको पहिचान हुने भएकाले भविष्य छ ।






