अपाङ्गता भएका बालबालिकाको निशुल्क उपचार तथा शल्यक्रिया


कर्णाली केयर अस्पताल, सुर्खेतले १८ वर्ष मुनिका शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको उपचार तथा शल्यक्रिया सेवा निशुल्क दिने भएको छ । अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र, बनेपाले यसअघि प्रदान गर्दै आएको यो सेवा अब कर्णाली केयर अस्पतालले सुर्खेतमा प्रदान गर्नेछ ।

कर्णाली प्रदेशका बालबालिकाको लागि अपाङ्गता पुनर्स्थापना सेवा कर्णाली केयर अस्पतालबाट दिने गरी कर्णाली केयर अस्पताल र पुर्नस्थापना केन्द्र, बनेपाबीच सम्झौता भएको छ । देशभरिका सातै प्रदेशमा शारीरिक अपाङ्गताको पहिचान, उपचार, शल्यक्रिया, पुनर्स्थापना, परामर्श तथा सहायक सामग्रीहरू उपलब्ध गराउँदै आएको एचआरडिसीले कर्णाली प्रदेशमा सेवा विस्तार गर्दै कर्णाली केयर अस्पतालसँग सहकार्य गरेको जानकारी गराएको छ ।

यस सम्झौतासँगै, कर्णाली प्रदेशका १८ वर्ष मुनिका शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको उपचार तथा शल्यक्रिया हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर रुपक कँडेलको नेतृत्वमा कर्णाली केयर अस्पतालमा हुनेछ । कर्णाली केयर अस्पतालका निर्देशक दिपक गौतमका अनुसार, आइतबार दुई जना नानीबाबुको सफल शल्यक्रिया गरी यो संझौता कार्यान्वयनमा ल्याइएको छ ।

अपाङ्गता भएका बालबालिकाको निशुल्क उपचार तथा शल्यक्रिया

बर्खाको भेलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य

अपाङ्गता भएका बालबालिकाको निशुल्क उपचार तथा शल्यक्रिया

पहिरोको जोखिममा मान्म बजार