२०८२ फाल्गुन ५ गते
×

Now Playing

एमाले जुम्लाको अध्यक्षमा शान्तिलालको प्यानल विजयी


नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महतको प्यानल विजयी भएको छ । अध्यक्षका प्रतिस्पर्धि धिरेन्द्रराज गिरीलाई ५९ मतले पछि पार्दै महत अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचित अध्यक्ष महतले १ सय ९४ मत प्राप्त गर्दा पराजित अध्यक्ष पदका उम्मेदवार गिरीले १ सय ३५ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा १ सय ८७ मत प्राप्त गर्दै प्रेम बहादुर बुढा निर्वाचित भएको छन् । भने उनका निकटतम प्रतिद्धोन्दी पदम बुढाले १ सय ३८ मत प्राप्त गरेका छन्।

सचिवमा मान बहादुर रोकायाले १ सय ७९ मत ल्याएर विजयी भएका हुन्। भने उनका प्रतिस्पर्धि आदि प्रसाद न्यौपानेले १ सउ ४१ मत प्राप्त गर्दै पराजित भए।उपसचिवमा धन बहादुर बुढाले १ सय ७९ मत प्राप्त गरि विजयी भएका छन्। भने उनका प्रतिस्पर्धि धर्मेन्द्र रोकायाले १ सय ४१ मत प्राप्त गर्दै पराजित भए।यसैगरी, समावेशि उपसचिवमा मेनका रेग्मीले १ सय ७४ मत प्राप्त गरि विजयी भइन्।

उनकी निकटतम प्रतिद्धोन्दी शुसिला भट्टराईले १ सय ८ मत प्राप्त गर्दै पराजित भइन्।जुम्लाका आठ वटा स्थानीय तहबाट ३ सय ४३ जना प्रतिनिधि आएका थिए ।

ति मध्ये ३ सय ३८ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए। नवौ जिल्ला अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटि चयन गर्नेछ । जिल्ला कमिटिका सदस्यको मतगणना हुन बाँकि रहेको मुख्य निर्वाचन अधिकृत मीनवहादुर महतले बताए।

एमाले जुम्लाको अध्यक्षमा शान्तिलालको प्यानल विजयी

वेस्ट इन्डिज ’ए’ सँग नेपाल ७६ रनले

एमाले जुम्लाको अध्यक्षमा शान्तिलालको प्यानल विजयी

सम्पादकीय : प्रदेश अस्पताल घटनाको छानविन होस