सम्पादकीय : प्रदेश अस्पताल घटनाको छानविन होस

कर्णाली प्रदेश अस्पताल अहिले बाहिर सामान्य देखिएता पनि भित्र असामान्य बनेको छ । प्रदेश अस्पतालका निर्देशक, डाक्टरसहित स्वास्थ्यकर्मी र अस्पताल नेतृत्वका नाममा लापर्वाही, हेलचक्र्याई गरेको र छानविन समिति समेत बनाउन आलटाल गरेको विषयमा अदालतमा मुद्धा परेको छ ।

यो विषय अस्पतालको लागि मात्र नभएर सिङ्गो कर्णालीबासीको लागी समेत दुखद् कुरा हो । स्वास्थ्य जस्तो संवेदनशिल स्थानमा पटक पटक लापरवाहीको आरोप लाग्नु र सामान्य अवस्थाको विरामीको समेत मृत्यु हुनु भवितव्य मात्र होला भनेर भन्न सक्ने अवस्था रहेन । रह्यो त केवल उनीहरुका विरुद्धमा बोल्ने र आवाज उठाउने अनि कानुनी झन्झटीलो प्रकृयामा जाने आँट गर्ने मान्छेमात्र नभेटिएका रहेछन ।

धेरै पहिला नै यत्ति आँट गर्ने मान्छे भएको भए आजका दिनमा भिमा गुरुङ बलामीजस्ता कयौं विरामीले अकालमै ज्यान गुमाउनु पर्ने थिएन कि ? के एउटा मान्छेको जीवन यती सस्तो छ त ? भगवानको वासस्थान सम्झेर पुगेको स्थान अस्पतालमा लापरवाही, हेलचक्रयाई होलान भन्ने कसले सोचेको हुन्छ र ? कर्णाली प्रदेश अस्पताल त प्रदेशमा गाभिदादेखि नै एउटा तहमा कुरा नउठेको होईन संघबाट प्रदेशमा ल्याउनु भनेको यहाँका केहि व्यक्तिका आसेपासेलाई पोस्न ल्याइएको हो कालान्तरमा कर्णाली प्रदेशले यो धान्न सक्दैन र केवल प्रयोगशालामात्र बन्छ यो अस्पताल भन्ने कुरा यि र यस्तै कुराले प्रमाणित गरेको त छैन कतै ? हुनुपर्ने जति दक्ष स्वास्थ्यकर्मी छैनन्, कम्तिमा केन्द्र अन्तर्गत रहेको भए बजेट तथा कार्यक्रम संघबाटै आउने थियो ।

विशेषज्ञ स्वास्थ्यकर्मीको बृद्धिविकास सहज हुने थियो र देशका सरकारी ठुला अस्पतालमा कार्यरत अनुभवि विशेषज्ञ स्वास्थ्यकर्मीसमेत आउने जान सहज हुने थियो । अत्याधुनिक स्वास्थ्य सामाग्री माग गर्न सहज हुन्थ्यो पुरा गर्नुपर्ने बाध्यता हुन्थ्यो तर प्रदेशमा भने जसले स्वार्थ पुरा गर्न र आफ्ना केहि आफन्त र आसेपासेलाई जागिर खुवाउन यो काम गरेका थिए तिनैलाई आँ गरेर खान पुगेछैन कहाँबाट आउँछन विशेषज्ञ, अनुभवि दक्ष जनशक्ति ?

प्रदेश अस्पतालका विरुद्धमा अहिले पनि मान्छे गलत कुरा पनि बोल्न डराउँछन किन ? किनकि नेतृत्वमा केन्द्रिय राजनीतिमा शक्तिशाली व्यक्तिका आफन्त् छन् आजसम्म पनि छानविन समिति गठन नहुनु र यत्तिकै बेवास्ता गरेर टार्नुमा कतै यहि भूमिकाले काम गरेको त होईन ? के मान्छे एउटा पशु सरह हो र ? आफ्ना आफन्तको मृत्युको क्षणमा दुख्ने मन नेतृत्वको छैन होला र ? यिनिहरुको मन के बाट बनेको छ होला ? मानवियता नामको संवेगलाई यिनिहरुले घुससंगै खाएछन कि के संग खाए होलान ? आम नागरिकको यो प्रश्नको उत्तर दिने दम छ नेतृत्वसंग ? नभए एउटा अस्पतालको नेतृत्वमात्र जागिरे भएको भए कहिले यिनको जागिर कसले खाएर धोती न टोपि बनाउथे होला ? राजनीति भनेको अपराधिहरुलाई संरक्षण र प्रमोसन गर्ने थलो नै हो त साँच्चै ? पिडितले लगाएका आरोपहरु केवल आरोपहरुमात्रै पो हुन कि ? फेरि यिनीहरुसंग दैलेखका सामान्य ति नागरिक जो विरामी पर्दा साधन पनि नलिएर सस्तोमा उपचार हुने प्रदेश अस्पताल नै जो पुगे तिनको यिनीहरुसंग लड्नै पर्ने गरी व्यक्तिगत दुष्मनी पनि थिएन होला ?

बास्तवमा नेतृत्व भनेर मान्ने स्थानमा पुगेकोहरु सामान्य मान्छे नै भएपनि विवेकका हिसावले सक्षम भएर नै उनीहरुलाई नेतृत्वदायि भूमिकामा योग्य छ भनेर पत्याउने हुन । तर अहिले आएर धेरै जना कर्णाली प्रदेश अस्पताल उपचार गर्न र विशेषतः अप्रेशन गर्न जान डराउने गरेका छन् । आर्थिक रुपमा अलिक सक्षम हुनेहरु बाहिरका शहरमा गएर महङ्गो रकम तिरेर उपचार गरेका छन् भने आर्थिक रुपमा निम्न मानिसहरु बाध्यताबस मनमा डर लिएरै भएपनि भगवानप्रति भरोसा राखेर उपचार गर्न पुगेका छन् ।

यो अवस्थामा किन मान्छे चुप छन् भने बोलेर के हुन्छ र ? कतिवेला के परेर फेरी आफु या आफ्ना आफन्त त्यहीं गएर उपचार गर्नुपर्ने बाध्यता आईलाग्छ फेरी हाम्रो पनि त्यही हालत नबनाईदेलान भन्ने के ज्ञारेन्टी भनेर पनि चुप छन् । यो सब कर्णाली प्रदेश सरकार र त्यसको राजनीतिक नेतृत्वको लाचारिपन हो । मृत शव अस्पतालमै रहनु, आफ्न्तहरु न्यायको खोजीमा भौतारिनु र अदालतको प्रतिक्षामा रहनु दुखद कुरा हो ।

आफ्नो फरियाभित्र घुसेमा गु पनि अमृत हुने सहिलाई हौसला र गलतलाई दण्ड दिने नेतृत्व क्षमता भएका नेतृत्वमा नआएसम्म बोल्नेहरु जति बोले नी केही हुँदैन । प्रदेश अस्पतालमा विगतमा भएका यस्तै प्रकृतिका घटनालाई समेत हेर्दा एक पटक अस्पतालको सम्पूर्ण विशेषज्ञ जनशक्ति र लाखौं–करोडौं मुल्यमा खरिद तथा जडान गरिएका स्वास्थ्य उपकरणको समेत स्वतन्त्र, निस्पक्ष र प्रभावकारी जाँचबुझ र छानविन हुन आवश्यक छ ।

सम्पादकीय : प्रदेश अस्पताल घटनाको छानविन होस

एमाले जुम्लाको अध्यक्षमा शान्तिलालको प्यानल विजयी

सम्पादकीय : प्रदेश अस्पताल घटनाको छानविन होस

वास्तविक श्रमिक श्रममा नै व्यस्त, दिवस औपचारिकतामै