सहिदहरुलाई फूलमालामा मात्रै सिमित राख्नु हुदैन: मुख्यमन्त्री शर्मा


कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहिदहरुलाई फूलमालामा मात्रै सिमित गर्न नहुने बताएका छन् ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आयोजित सहिदहरुलाई पुष्पगुच्छा अर्पण कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले सहिदहरुलाइ फूलमालामा मात्रै सिमित गर्दा सहिद प्रतिको सच्चा सम्मान नहुने बताए ।

सहिदहरुको बलिदानबाट नेपाली जनताले १०४ बर्षिय निरंकुशता २०५ बर्षिय एकात्मक राज्य व्यवस्था परिवर्तन भएको स्मरण गर्दै सहिदहरुको उच्च वलिदानबाट नेपाली जनता स्वतन्त्र भएको जिकिर गरे ।

देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशता विरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्नुहुने महान शहिदहरूको सम्मान गर्दा केही विरोधीहरुले अहिले व्यवस्था र सहिदहरु प्रति अपमानित हुने गरि आन्दोलनबाट प्राप्त भएको स्वतन्त्रताको धज्जी उडाउने गरेकाले यसका विरुद्ध सबै नागरिक चनाखो हुन आग्रह गरे ।

नेपाली जनताको स्वतन्त्रताको निम्ति राणाकाल शुरु हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकाल विरुद्धका चरणवद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, दश वर्षे जनयुद्ध, मधेश आन्दोलन लगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत प्राप्त उपलब्धिको रक्षा गर्न सके मात्र सहिदहरु प्रति उच्च सम्मान हुने बताए ।

केही लोभी पापीहरुले आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नदिने , सुशासन र देशलाई समृद्ध लैजाने महान कार्य सञ्चालन गर्दा त्यस प्रति दुस प्रचार गर्ने गरेकाले शुसासन सामाजिक न्याय र आर्थिक समृद्धि गर्न सबै एकताबद्ध हुनुपर्ने आवश्यकता औल्याए ।

सहिदहरुलाई फूलमालामा मात्रै सिमित राख्नु हुदैन: मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेशको फुटबल टिम बनाउन जुम्लामा छनोट

सहिदहरुलाई फूलमालामा मात्रै सिमित राख्नु हुदैन: मुख्यमन्त्री शर्मा

हुम्लाको लिमी गाउँ रित्तिँदै