सुर्खेतमा टाइफाइडबिरूद्द खोप अभियान सञ्चालन हुँदै


सुर्खेतमा टाइफाइट विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । बिहीवार अर्थात आगामी १२ देखि २५ गतेसम्म खोप अभियान सुरु गर्न लागेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

खोप अभियान दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा १२ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । जसमा लेकवेशी नगरपालिका, चिङ्गाड गाउँपालिका, चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा सञ्चालन हुने छ । त्यस्तै दोस्रो चरणमा २१ गते २५ गतेसम्म सञ्चालन हुनेछ । जसमा वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकामा खोप अभियान सञ्चालन हुने सुर्खेतका जनस्वास्थ्य निरीक्षक तथा खोप अभियानका फोकल पर्सन घनश्याम बुढाले जानकारी दिए ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले टाइफाइड खोप अभियान सञ्चालन सम्बन्धि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै खोप अभियान सम्बन्धी जानकारी दिएको हो ।

सुर्खेतका दुई लाख भन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्यसहित अभियान सुरु गर्न लागिएको हो । खोप १६ वर्ष उमेर समूहदेखि ४५ वर्षसम्मका नागरिकले लगाउने पाउने छन् । खोप अभियानका लागि सबै तयारी पूरा भइसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियान सम्बन्धित वडाका स्वास्थ्य संस्थाहरुमा सञ्चालन हुने छ ।
सुर्खेत लगायत कर्णाली प्रदेशभर टाइफाइटको जोखिम कायमै छ । खोप एक पटक लगाए आजीवनसम्म पुग्ने खोपले टाइफाइड सार्नबाट रोक्नुका साथै रोग निर्मूल पार्न सहयोगी हुने भएकाले अन्य समूहलाई पनि क्रमिक रूपमा खोप लगाउने बताइएको छ ।

सुर्खेतमा टाइफाइडबिरूद्द खोप अभियान सञ्चालन हुँदै

अनमीमाथि जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका

सुर्खेतमा टाइफाइडबिरूद्द खोप अभियान सञ्चालन हुँदै

भूकम्पपीडितका ११ हजार घर निर्माण