गैससलाई आवश्यक सुरक्षाको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरूलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

गैरसरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा गृहमन्त्री खाँणले देश विकासको अभियानमा संलग्न गैरसरकारी संस्थाहरूलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।

उनले सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको पनि स्पष्ट पारे। गैरसरकारी संस्थाका सन्दर्भ वा उद्योग, व्यवसायसँग सम्बन्धित कुनै पनि संस्थाहरूमा सरकारले नियन्त्रणकारी, हस्तक्षपकारी भूमिका खेल्न नचाहेको गृहमन्त्री खाँणको भनाई थियो।

उनले गैरसरकारी संस्थाहरूले कोरोना संकट, बाढीपहिरोलगायतका प्राकृतिक विपदमा पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंशा गरे। उनले गैरसरकारी संस्थाहरूको मागअनुसार कानुन परिमार्जनको कामलाई अघि बढाउन सरकार तयार रहेको बताए।

गैससलाई आवश्यक सुरक्षाको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

मुक्त हलिया समस्या समाधान अध्ययन कार्यदल गठन

Leave a comment

Your email address will not be published. Required fields are marked *