स्वास्थ्य मन्त्रालयका सहसचिव शैलजा रेग्मीको सरुवा, दशजना डाक्टरको बढुवा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सहसचिव शैलजा रेग्मी भट्टराईको सरुवा भएको छ । भट्टराईलाई राष्ट्रिय महिला आयोगमा सरुवा गरिएको छ भने उनको ठाउँमा वित्त आयोगमा सहसचिव रहेका मदन भूजेललाई ल्याइएको छ ।

मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयको उपसचिवमा प्रेम महर्जन, भवनाथ खतिवडा र खिमा लंगालाई ल्याइएको छ । त्यसैगरी सरकारले दशजना डाक्टरलाई ११औं तहमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दशजना डाक्टरलाई ११औं तहको पदमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *