राप्रपा सल्यानले जिल्लाका ८ स्थानीय तहमा कोभिड सामग्री हस्तान्तरण गर्दै

दुर्गा विसिर मंसिर,०१ : राप्रपा सल्यानले स्वास्थ्य चौकी देवस्थलमा कोभिड सामग्री हस्तान्तरण गरेको छ । कोभिड(१९ सम्बन्धि आवश्यक थुप्रो मात्रामा सामग्री स्वास्थ्य चौकी देवस्थललाइ हस्तान्तरण गरिएको छ । राष्ट्रिय प्रजातान्त्र पार्टीको यो उदाहरणीय कामको स्वास्थ्य चौकी इन्चार्ज भुमा वलिले उक्त स्वास्थ्य सामग्री सहयोग प्रती धन्यवाद दिएकि छन् ।
उक्त स्वास्थ सामग्री हस्तान्तरणमा राप्रपा केन्द्रीय निर्देशक समिति सदस्य राजेन्द्र वीर राय,कार्य सम्पादन समिति सदस्य अनुवम सिंह श्रेष्ठ,जिल्ला अध्यक्ष तथा पुर्व संसद नेत्रलाल श्रेष्ठ,युवा मोर्चाका अध्यक्ष अन्जित श्रेष्ठ,जिल्ला पार्टी प्रवक्ता बिमर्श प्रधान, जिल्ला उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य वालाराम शर्मा र क्षेत्रिय कमिटी अध्यक्ष शिववहादुर वलिको उपस्थिति रहेको थियोे ।
बनगाड कुपिण्डे नगरपालिकाको वडा १ मा रहेको देवस्थल स्वास्थ्य चौकि,कुमाख गाउँपालिकाको वडा २ मा रहेको स्वास्थ्य चौ कि र दार्मा गाउँपालिकाको रातामाटा स्वास्थ्य चौकीलाई १र१ थान अक्सिजन कन्सेटेटर ( टेन एलपिएम) हस्तान्तरण गरिएको छ । कुमाख र बनगाडमा मंसिर १ गते नै हस्तान्तरण गरिएको छ भने दार्मा गाउँपालिकामा २ गते हस्तान्तरण गर्ने राप्रपा सल्यानले जनाएको छ ।जिल्ला पार्टीको तर्फबाट जिल्लाका ८ स्थानीय तहमा उक्त सामग्री हस्तान्तरण गर्दै छ ।
सुरुवातिमा बनगाड कुपिण्डेको देवस्थल स्वास्थ्य चौकिबाट हस्तान्तरण कार्यक्रम सुुरुवात गरेको छ । जनताको स्वास्थ्य प्रती राप्रपा सल्यान सधैं सजग छ । पहिलो काम नागरिकको स्वास्थ्यलाई सुरक्षा दिनका निम्ति यो कामको सुरुवात भएको राप्रपा केन्द्रीय निर्देशन समिति सदस्य राजेन्द्र वीर रायको भनाइ रहेको थियोे । रायको सहयोगमा सल्यान जिल्ला अस्पतालमा ३ लाख बराबरको कोभिड नियन्त्रण सम्बन्धि स्वास्थ्य सामग्री हस्तान्तरण गरि ठुलो सहयोग गरेका थिए ।
अहिले भने जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठको व्यक्त सहयोगमा उक्त सामग्री जिल्लाको ८ स्थानीय तहका १ स्वास्थ्य केन्द्रमा अक्सिजन मेसिन हस्तान्तरण हुदै छ । जिल्ला भर २० लाख लागतमा उक्त अक्सिजन कन्टेटर मेसिन हस्तान्तरण हुदै छ । अध्यक्ष श्रेष्ठको व्यक्तगत आर्थिक लगानीमा यो कार्य भएको जनाएको छ ।राप्रपा सल्यान अध्यक्षको यो पहिलो चरणमा नागरिक हितका लागि स्वास्थ्य क्षेत्रमा राम्रो काम भएको भनेर उच्च प्रसंसा गरिएको छ ।







