स्वास्थ्य र शिक्षा क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने संस्था बन्यो नोबेल
काठमाडौं : मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्येबाट मुलुककै सबैभन्दा बढी आयकर तिर्ने संस्था बनेको छ । नोवेल आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेको हो ।
१०औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित समारोहकाबीच आन्तरिक राजस्व विभागले नोबेललाई सम्मान गरेको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले नोबेलका प्रमुख कार्यकारी अधिकृत डा। भोगेन्द्रप्रसाद उपाध्यायलाई सम्मानपत्र प्रदान गरेका छन् ।
योसँगै नोबेल दुई पटक मुलुकको उत्कृष्ट करदाता बनेको छ । यसअघि आर्थिक वर्ष २०७३र७४ मा पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने संस्था भएको थियो। दोस्रो पटक पनि मुलुकको उत्कृष्ट करदाता बन्न पाउँदा खुसी लागेको नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले बताए ।
विराटनगरको कञ्चनवारीमा रहेको नोबेल मेडिकल कलेज २०६१ सालमा स्थापना भएको हो ।







