नेपाल परिवार नियोजन सङ्घलाई सहयोग गछौँ

काठमाडौं : अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घ दक्षिण एसिया निर्देशक सोनाम मेहताले नेपाल परिवार नियोजन सङ्घलाई सक्दो सहयोग गर्ने बताए ।

नेपाल परिवार नियोजन सङ्घको ४१औँ केन्द्रीय सभाको मङ्गलबार दाङमा उद्घाटन गर्दै उनले लामो समयदेखि नेपालमा स्वतन्त्र र सेवामूलक संस्थाका रुपमा पहिचान बनाएको नेपाल परिवार नियोजन सङ्घको दिगोपनका लागि यहाँकै स्रोत साधन प्रयोग गर्न आवश्यक भएको उल्लेख गरेका छन् ।

प्रजनन स्वास्थ्यको सवालमा महिलासँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले सङ्घले मातृ मृत्युदर र शिशु मृत्युदरलाई कम गर्न अहम भूमिका निर्वाह गरेको उनले बताए ।

सङ्घको कामको प्रशंसा गर्दै मेहताले आर्थिक सहयोगमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय परिवार नियोजन सङ्घले तीन÷तीन वर्षको योजना बनाएर नेपालमा पनि लगानी गर्दै आएको उल्लेख गर्दै उनले यसको निरन्तरताका लागि आफ्नो तर्फबाट थप पहल हुने जानकारी दिए ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य एवं मुख्य सचेतक अनिता देवकोटाले सङ्घले महिलाको प्रजनन स्वास्थ्यको क्षेत्रमा सेवामूलक काम गर्दै अगाडि बढेकाले मातृ मृत्युदरमा कमी आएको बताए । सबैलाई आफ्नो सङ्घ हो भन्ने गरी काम गर्न उनले आग्रह गरेको छन् ।

सो अवसरमा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ, संविधानसभाका पूर्वसदस्य राजु खनाल, दाङका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, सङ्घका केन्द्रीय अध्यक्ष हिमालयलाल कसजू, सचिव माया पोखरेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गतबहादुर शाहीलगायतले आ–आफ्नो धारणा राखेका छन्। रासस

नेपाल परिवार नियोजन सङ्घलाई सहयोग गछौँ

सुन आज तोलामा ५०० सय रुपैयाँले घट्यो

नेपाल परिवार नियोजन सङ्घलाई सहयोग गछौँ

‘जनताले सम्झन लायक काम गरेका छौं’

Leave a comment

Your email address will not be published. Required fields are marked *