रुकुम पशिमको डीग्रेमा मेला सुरु

रुकुम पशिम । रुकुम पशिमको डीग्रेमा सोमबार बाट मेला सुरु भएको छ । रुकुम पशिमको प्रमुख धार्मिक स्थलको रुपमा रहेको डीग्रेमा एकादशीको दिनदेखि सुरु भएको डीग्रे मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष शैलेन्द्र केसीले जानकारि दिए । एकादसी देखि चर्तुर्थी सम्म बिशेस पूजाआजा हुन्छ भने पुर्णिमाको दिन भने भब्य मेला लाग्छ ।
कर्णाली प्रदेशकै प्रमुख धार्मिक स्थलको रुपमा परिचित डीग्रे मेला हेर्न पुजाआराधाना गर्न सल्यान , सुर्खेत , जाजरकोट , दैलेख डोल्पा र लुम्बिनी प्रदेशको बाके , दाङ , बर्दिया , प्युठान , रुकुम पूर्व लगायतका जिल्लाबाट मेला हेर्न आउने गरेको अध्यक्ष केसीले बताए । मेला हेर्न आउने तथा पूजाआजामामा सम्पूर्ण दर्शकलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ ।
कोरोनाको जोखिम कायमै रहेकाले मन्दिर ब्यबस्थापन समितिले सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको डीग्रे मन्दिर ब्यबस्थापन समिले जानकारि दिएको छ । यो बर्ष भने मेला ३ गत्ते परेको छ । डीग्रे मन्दिरमा बर्षभरि पुजाआजा र बलि चढाउने भएपनि आजबाट बिशेष तरिकाले पुजाआजा हुन्छ । भने बलि चढाउने मान्छेको संख्या पनि धेरै रहेको बताएको छ ।






