कर्णालीको मुख्यमन्त्रीका लागि जीवनबहादुर शाहीले पेस गरे दाबी

कर्णाली प्रदेशको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको दाबी पेस गरेका छन् । उनले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । सोहीअनुसार प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्रीमा दाबीका लागि मंगलबार साँझ ७ बजेसम्मको समय दिएका थिए ।
उक्त अवधिमै काँग्रेस संसदीय दलका नेता शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

कर्णालीको मुख्यमन्त्रीका लागि जीवनबहादुर शाहीले पेस गरे दाबी

पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना

कर्णालीको मुख्यमन्त्रीका लागि जीवनबहादुर शाहीले पेस गरे दाबी

वीर अस्पतालाई स्वास्थ्य सामग्री सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *