अक्षय खन्नाको नजरमा ऐश्वर्या राय सबैभन्दा सेक्सी नायिका, भने – नजर हटाउनै मुश्किल हुन्छ

एजेन्सी । हुन त बलिउडमा यस्ता थुप्रै नायिका छन् जसको सुन्दरताले धेरैलाई कायल बनाएको छ । तर जब सबैभन्दा सुन्दर अभिनेत्रीको कुरा आउँछ तब सबैभन्दा पहिला नायिका ऐश्वर्याको नाम लिने गरिन्छ । ऐश्वर्या रायका प्रशंसक लाखौंमा छन् ।
तर के तपाईंलाई बलिउडका केही सेलिब्रिटी पनि ऐश्वर्या रायका प्रशंसक भन्ने कुरा थाहा छ ? बलिउडका कलाकारले एक–अर्कालाई आफ्नो आइडल मान्ने गर्छन् ।
एउटा अन्तरवार्तामा अभिनेता अक्षय खन्नाले ऐश्वर्या रायको विषयमा यस्तो कुरा गरेका थिए कि नायकको कुरा सुन्दा उनी ऐश्वर्याका कति ठूला फ्यान हुन् भन्ने स्पष्ट हुन्छ । ऐश्वर्या र अक्षयले दुईवटा फिल्ममा सँगै काम गरेका छन् । अक्षय खन्नाले ऐश्वर्याबारे त्यस्तो के भनेका थिए, त्यसबारे जानकारी लिऔं ।






