एमालेका नेता सतमान पुनको काेराेनाबाट मृत्यु

प्रचण्ड खत्री 

रुकुमपश्चिम । रुकुमपुर्बका लोकप्रिय नेता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सचिबालय सदस्य सतमान पुनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बाकेको कोहलपुर स्थित मेडिकल कलेजमा उपचार गराईरहेका ६० बर्सिय पुनको मृत्यु भएको अस्पतालले जनाएको छ ।  उनलाई केहि दिन अगाडी रुकुम पूर्वमा चेक गराउदा उनीमा कोरोणा पोजिटिभ देखिएको थियो ।

श्वासप्रश्वासमा समस्या देखीएपछि उनीलाई ३१ गत्ते जिल्ला अस्पताल रुकुम पशिम ल्याईएको थियो । केहि समय जिल्ला अस्पतालमा उपचार गराईरहेका पुनको स्वास्थ्यमा जटिल आएपछी उनलाई हेलिकप्टर मार्फत नेपालगंज लगिएको थियो । उनि रुकुम पुर्बका भुमि ब्यबस्था तथा सुकुम्बासी आयोगका जिल्ला अध्यक्ष थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *