असार २५ मा फिल्म ‘दुष्प्रयास’

काठमाडौंँ । रितादेवी मुभिजको ब्यानरमा निर्माण भएको फिल्म ‘दुष्प्रयास’ । फिल्म आगामी असार २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति समेत तोकेको हो ।

महिला हिंसा, हत्या, अपहरणलगायत समाजमा घटिरहेका आपराधिक गतिविधिविरुद्ध आवाज बुलन्द्ध गरिएको फिल्म दिनेश लिङ्देनले निर्देशन गरेका हुन् ।

निशा पोमु लिम्बु, सोम लामा, प्रिजन श्रेष्ठ, सुस्मिता कार्की, अजय खड्का, कल्याण राई, निरु महत, देवीका खड्का, प्रदीप योङहाङ, दीलिप ठकुरी, महेन्द्रकुमार राई, विवेक बेघा लिम्बु, छेवाङ लामा तथा बालकलाकार सुदिता लिङदेनको अभिनय रहेको फिल्मको कथा समेत दिनेश लिङ्देनकै रहेको छ ।

फिल्ममा जानु काम्बाङ लिङ्देन र शंकर अधिकारी घायलको गीत, विकास चौधरी, राजकुमार बगरको संगीत, राजेशपायल राई, अमृता लिम्बु, दिनेश लिङ्देन र श्रेयसी चेम्जोङको स्वर छ । सुमित लिङ्देनको प्रस्तुति रहेको फिल्ममा जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व र ज्ञानु राईको छायाँकन छ ।

असार २५ मा फिल्म ‘दुष्प्रयास’

फिल्मकर्मीले संचालनमा ल्याए नेशनल इएनटी सेन्टर

असार २५ मा फिल्म ‘दुष्प्रयास’

पाँच वर्ष अघि भयो भेट, त्यसपछि इन्गेजमेन्टः

Leave a comment

Your email address will not be published. Required fields are marked *