घुँयत्रो: कांग्रेसमा गुटको कुस्ती, एमालेमा कार्यकर्ता छुट्टी—घण्टी बज्यो, युवाजति लाइनमा!

वलिले बिस्तारै पाटि सिध्याउँदैछन । काँग्रेसीहरुले सिध्याई सके । अब काँग्रेस एकजुट र पैलाे पाटि बनेर आउन गाेडा बिसेक बर्ष लाग्न सक्छ त्याे पनि याे गुठ र त्याे गुठ नभनेर पाटिलाई सबैकाे स्वस्फूर्त भावना बनाएर एक्कै ढिक्का बनाएर लग्दा । हैन भने ऐले देशै भर जुन लहर चल्याछ त्याे लहर मेटन रास्वपाका कार्यकर्ताले जनतालाई जतिसुकै अमन पर्ने काम गरेनि जनता घण्टीकाे आवाजले भाग्ने जस्ताे छाँट देखिन्न । हिजाेका चुनाबका बेलासम्म रास्वपा शहर बजारतिर मात्रै सिमित छ भनेर चित्त बुझाउने हरुका अगाडि ऐले जिल्ला जिल्लाबाट युवाजति खर्लप्पै उठेर रास्वपाकाे लाईनमा उभिन लाग्या देख्दा पुराना दलहरुलाई भित्रभित्र भाउन्न त छुट्याछ तर के गर्नु आफ्नाे पाटि भित्रकाे खैलाबैलाले बिचराहरु के गरम र कसाे गरम् भा छन । रास्वपाकाे सबैभन्दा कमजाेर प्रदेश भनेकाे कर्नालि प्रदेशकै अबस्था हेर्दा ऐले याे प्रदेशाँ सबैभन्दा बलियाे उपस्थिति उनिहरुले नै देखाउन थाल्याछ । याे क्षेत्रका बलिया पाटि नेताहरु आपसाँ कुस्ती खेलाखेल गरेछि यै हाे माैका भनेर लागेका रास्वपाहरले दैलेखका युवाजतिलाई सर्लक्कै बाेकेर लगेछि ऐले दैलेखका मात्रै हैन त्यसका छिमेकि जिल्लाका काँग्रेस कमिनिष्टका घराँ खैलाबैला मच्च्याछ । दैलेखका युवाहरु साेहाेरियर गएकाे १/२ दिनाँ सुर्खेतका जनप्रतिनिधि सहित अब कतिकति युवाहरु रास्वपाँ फालहाल्ने हुन ठेगान छैन । निरन्तर युवाहरुलाई पाटिमा भित्र्याउने खेलमा लागेका रास्वपाका नेताहरुले कर्नालि प्रदेशकाे राजधानी वीरेन्द्रनगरकाे एमालेबाट विजयी एमाले मेयर साहबकाे १ नम्बर प्रतिरक्षक वडानं ३ का वडाध्यक्ष विनाेदसिंह विष्टलाई समेत लगेछन । जुनकुराकाे जानकारी उनकै फेसबुकबाट शुक्रबार बिहानै था पाईयाे । वीरेन्द्रनगर भनेकाे सधैभरि एमालेकाे कब्जामा रहेकाे नगर हाे । वीरेन्द्रनगरकाे ३ नम्बर नै सबैभन्दा धेरै मतदाता र जनसंख्या भएकाे वडाहाे त्याे वडाबाट अध्यक्ष जितेका ब्यक्ति नै पदकाे मायाँ मारेर रास्वपा गएकाे उनकाे फेसबुकबाट र उनका पाटिका नेताहरुले समेत यस्तो निर्णय नगरि दिएकाे भए हुन्थ्याे भनेर गरेकाे दुखेसाेबाट समेत अब उनी सँधैका लागि एमाले छाेडेर रास्वपामा गए र अब सायद फर्किन्नन पनि हाेला भन्ने लखकाटन गाह्राे भएन । सम्भब त वलिकै हठवादि नितिका कारण विनाेदले पाटि छाेडेकाे हुन सक्छ भने उता रास्वपा बलियाे हुन दिन काँग्रेस पाटि वीच महाधिवेशनमा भएकाे दुई खेमा बिचकाे ऐलेकाे लडाइँ नै पनि एक नम्बर जिम्मेवार बन्याछ । पाटिभित्रकाे झगडालाई नमिलाएर खालि आफू नेता बन्ने हाेडबाजिमा उत्रिएका काँग्रेसीहरकाे चरित्रका कारण पाटि महाधिवेशनाँ आफू र आँफूले भनेका र चाहेका मान्छेलाई नेता त बनाउलान तर तर त्याे महाधिवेशनले राजनीति गरेछि चुनाब जित्ने र जनप्रतिनिधि बनेर जनताकाे सेवा गर्ने हक कुनैपनि हालताँ दिलाउने अबस्था देखिन्न । त्यसैले आगामी फागुनमा भनेकाे निर्वाचनमा पनि पुराना दलले हैन कि पुरानै दलले लग्ने सम्भावना बलियाे बन्दै गै रहेकाेछ । आपसि द्वन्द्व र ईगाेले काँगेसलाई निमिट्यान्न पार्ने खेलमा लागेका पुराना दलका पुराना नेताकाे खेलले पुराना दल सिध्दिने र अब नेपालमा नयाँ दल स्थापित हुँदै जाने बाटो खनिदैछ हेरम् युवाहरुकाे खेलमा बज्ने घण्टीले फउल धेरै संकेत गर्छकि अंक प्राप्तिकाे । कि कसाे हाे ।


