“डिजिटल पेडागोजीसम्बन्धी फ्याकल्टी विकास कार्यक्रम सम्पन्न”

सुर्खेत ,२९ भदौ ।

मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ एजुकेसन, सुर्खेतद्वारा आयोजित ‘विश्वविद्यालयव्यापी फ्याकल्टी विकास कार्यक्रम: डिजिटल पेडागोजी, लर्निङ म्यानेजमेन्ट सिस्टम, डिजिटल सहकार्य, जेनेरेटिभ एआई तथा विभिन्न विषयमा व्यावसायिक अभ्यास’ विषयक पाँच दिने तालिम कार्यक्रम भदौ २८ गते सम्पन्न भएको छ। नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत विद्यालय शिक्षाका लागि प्राविधिक सहयोग (टेक्सेस नेपाल) को सहयोगमा सञ्चालित कार्यक्रममा सामाजिक विज्ञान समूहअन्तर्गतका विभिन्न ग्र्याजुएट स्कुलका विभागीय प्रमुख तथा प्राध्यापकहरूको सहभागिता रहेको थियो।

 

कार्यक्रमको समापन समारोह ग्र्याजुएट स्कुल अफ एजुकेसनका डिन डा. आनन्द प्रसाद सुवेदीज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। पाँच दिनसम्म सञ्चालित कार्यक्रममा डिजिटल पेडागोजी, पाठ्यक्रम तथा सेमेस्टर योजना, लर्निङ म्यानेजमेन्ट सिस्टम, डिजिटल सामग्री निर्माण, डिजिटल मूल्याङ्कन तथा प्रतिक्रिया, जेनेरेटिभ एआईको उचित प्रयोग, सक्रिय तथा समावेशी सिकाइ, अनलाइन शिक्षण, डिजिटल सहकार्यलगायतका विषयमा २० वटा प्राविधिक तथा अभ्यासमूलक सत्र सञ्चालन गरिएका थिए।

कार्यक्रमका क्रममा सहभागी प्राध्यापकहरूले आफ्ना विषय तथा पाठ्यक्रमअनुकूल डिजिटल प्रविधि, लर्निङ म्यानेजमेन्ट सिस्टम र कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल गरेका थिए। साथै, प्रभावकारी तथा विद्यार्थीकेन्द्रित शिक्षण सिकाइलाई प्रविधिसँग जोड्दै आगामी दिनमा कक्षाकोठामा प्रयोग गर्न सकिने अभ्यास र योजनासमेत विकास गरिएको थियो। समापन कार्यक्रममा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई आ–आफ्नो विषय र कक्षाकोठामा प्रयोग गर्दै विश्वविद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई थप प्रविधिमैत्री, समावेशी, व्यावहारिक र प्रभावकारी बनाउन महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए।

 

“डिजिटल पेडागोजीसम्बन्धी फ्याकल्टी विकास कार्यक्रम सम्पन्न”

मधुवनमा मृत अवस्थामा वयस्क चितुवा फेला

“डिजिटल पेडागोजीसम्बन्धी फ्याकल्टी विकास कार्यक्रम सम्पन्न”

मंगलगढी कााक्रेविहार सडकः निर्माण पुरा नहुँदै उप्कियो

Leave a comment

Your email address will not be published. Required fields are marked *