इजरायल नेपालको सदैव हित चाहन्छ : राजदूत बास

सुर्खेत, १९ कार्तिक । 

नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासले इजरायल सरकारले नेपालको हितमा काम गर्दै आएको बताएका छन् । सुर्खेतमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै राजदूत बासले  नेपाल र इजरायलबीच आठ दशक लामो  ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध रहेको चर्चा गरे । 

उनले इजरायल सरकारले नेपालको कृषि, रोजगारी, अध्ययन र व्यापारको क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए । राजदूत बासले सिङ्गो कर्णाली प्रदेश प्रकृतिको अनुपम उपहार भएकाले इजरायल सरकार कर्णाली प्रदेशको विकासका लागि सकारात्मक रहेको प्रतिक्रिया दिए । 

उनले नेपाल र इजरायलबीचको कूटनीतिक सम्बन्धबाट दुवै देशका नागरिकमा सहयोग र सद्भाव बढ्दै जानु सकारात्मक विषय भएको बताउँदै दुवै देशका समृद्धि र दिगो सम्बन्ध कायम हुनुमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे ।

इजरायल नेपालको सदैव हित चाहन्छ : राजदूत बास

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!