दुर्घटनामा स्वास्थ्यकर्मी गम्भिर घाइते

सुर्खेत, २४ साउन ।
छिन्चु–जाजरकोट सडक खण्डको भेरीगंगा–१० पर्ने मेला लाग्ने चौर नजिकै शनिबार लगभग १ बजेतिर अटो रिक्सा र मोटरसाइकल ठोक्किएको छ । कर्णाली प्रदेश ०२ ००१ प ४०३९ मोटरसाइकल र भे १ ह ४०२४ नम्बरको अटो एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना स्वास्थ्यकर्मी घाइते भएका छन् ।

मोटरसाइकलमा सवार जनकपुर घर भई हाल मेहलकुना अस्पतालमा कार्यरत डाक्टर बिबेक झाको अवस्था गम्भिर रहेको छ । उक्त मोटरसाइकल चालक मेहलकुना अस्पतालमै कार्यरत डाक्टर श्रीधर आचार्यपनि घाइते भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको । दुबै जनाको उपचारका लागि वीरेन्द्रनगर सुर्खेत पठाइएको अस्थायी ट्राफिक प्रहरी पोष्ट छिन्चुले जानकारी दिएको छ ।

दुर्घटनामा स्वास्थ्यकर्मी गम्भिर घाइते

भेरीगंगामा अनियमितताको छानबिन गर्न माग

दुर्घटनामा स्वास्थ्यकर्मी गम्भिर घाइते

घर गुमाएका पहिरो पीडितलाई राहात बितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *