भेरीगंगामा अनियमितताको छानबिन गर्न माग

सिपी कार्की
भेरीगंगा, २४ साउन ।
अनियमितताको छानबिन गर्न माग गर्दै नेकपा नगर कमिटी भेरिगंगाले बुझायो ५ बुदे मागपत्र बुझाएको छ । भेरीगंगा नगरपालिकामा रहेको नेपाल कम्युनिस्ट पार्टि (नेकपा) नगर कमिटी भेरीगंगा विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको हो । सुर्खेतले भेरिगङ्गा नगरपालिकालाई स्थानीय सरकारको मुलभुत मान्यता अनुसार स्थानीय सरकार सञ्चालन ऐनको बिधिमा रहि आम भेरीगंगाबासी जनताको जनप्रतिनिधि र आम जनसमुदायको अभिभावकको भुमिका निर्बाह गर्न माग गरिएको छ ।

२३ गते शुक्रबार भेरीगंगा नगरपालिकालाई मागपत्र बुझाएको थियो । स्थानीय सरकारलाई कसैको पार्टी, समूह र ब्यक्तिको नभै आम जनाताको, समुदायको प्रतिनिधिको रुपमा काम गर्न नेकपाले माग गर्दै ५ बुँदे मागपत्र बुझाएको हो ।  कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनको ब्यबस्थापन र राहत बितरणमा भएको खर्च अनियमित भएको र उक्त छानबिन गरी सार्बजनिक गर्नुपर्ने माग राखिएकाे छ ।

त्यसैगरी शिक्षा, स्वास्थ्य तथा अन्य बिषयका कर्मचारीहरु नेपालको संविधान र कानुन अनुसार समाबेशी सिद्धान्तका आधारमा लिखित परिक्षाबाट पदपूर्ति गरिनुपर्ने, नगर क्षेत्र भित्रबाट निकासी हुने ढुङ्गा, गिट्टी तथा बालुवाबाट प्राप्त हुने कर शुल्क लिदा भेरी बबई ड्राईभरसनबाट लिनुपर्ने रकममा अनियमितता भएको पत्रपत्रिकामा आएकोले सत्य तथ्य छानबिन गरी सार्बजनिक गर्नुपर्ने भनाई राख्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भेरीगंगा नगर कमिटीका अध्यक्ष नन्द बहादुर कार्की, सचिब टिकाराम सुवेदी र भेरीगङ्गाबाट जिल्ला कमिटीमा आबद्ध जिल्ला कमिटीका सदस्यहरुले भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र बहादुर चन्दलाई ज्ञापनपत्र बुझाएका हुन ।

भेरीगंगामा अनियमितताको छानबिन गर्न माग

अटो र मोटरसाइकल ठोक्किए

भेरीगंगामा अनियमितताको छानबिन गर्न माग

दुर्घटनामा स्वास्थ्यकर्मी गम्भिर घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *