‘शिक्षा र दृढ इच्छाशक्तिले सफलता सम्भव छ’

सुर्खेत, १६ जेठ ।
कर्णालीका विभिन्न क्षेत्रमा सफल महिलाहरूले शिक्षा, निरन्तर मेहनत र आत्मविश्वासका बलमा जीवनका कठिन चुनौतीहरू पार गर्दै सफलता हासिल गर्न सकिने बताएका छन् । श्री ज्योति फाउन्डेशनको आयोजनामा वीरेन्द्रनगरमा जारी दोस्रो कर्णाली छोरी सम्मेलन अन्तर्गत शनिबार आयोजित ‘ज्ञानको उज्यालोमा छोरी’ सत्रमा सहभागी वक्ताहरूले आफ्ना संघर्ष र सफलताका अनुभव सुनाउँदै छोरीहरूलाई शिक्षा र आत्मनिर्भरताको बाटो रोज्न प्रेरित गरेका हुन् । लोक सेवा आयोगकी कार्यवाहक अध्यक्ष बसन्तीकुमारी सिंह शाहीले विवाहपछि पनि अध्ययनलाई निरन्तरता दिँदै शिक्षकबाट लोक सेवा आयोगको नेतृत्वसम्मको यात्रा तय गरेको अनुभव सुनाइन् । बझाङमा जन्मिएर हुम्लाको खार्पुनाथ गाउँपालिकामा विवाह गरेकी शाहीले ५–६ महिनाको बच्चा काखमा राखेर एसएलसी उत्तीर्ण गरेको स्मरण गर्दै इच्छाशक्ति भए कुनै पनि बाधा पार गर्न सकिने बताइन् । घरपरिवारको जिम्मेवारीसँगै उच्च शिक्षा हासिल गर्दै उनले दुई विषयमा स्नातकोत्तर तह पूरा गरेको र अर्को स्नातकोत्तर अध्ययनरत रहेको जानकारी दिइन् । यस्तै, नेपाल सरकारका सचिव लक्ष्मीकुमारी बस्नेतले परिवारबाट प्राप्त समान अवसर र शिक्षाप्रतिको सकारात्मक सोचले आफूलाई सफलताको मार्गमा अघि बढाएको बताइन् । सुर्खेतबाट स्नातक तह पूरा गरेपछि काठमाडौंमा एमबीए अध्ययन गरी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै उनले आफ्नै ठाउँमा योगदान गर्ने उद्देश्यले जागिर छोडेर सुर्खेत फर्किएको बताइन् ।

त्यसपछि लोक सेवा आयोगको तयारी गरी २०६३ सालमा अधिकृत र २०६७ सालमा पहिलो प्रयासमै सहसचिवमा नाम निकाल्न सफल भएको उनले सुनाइन् । दैलेखकी पहिलो महिला शाखा अधिकृत रोशनीकुमारी श्रेष्ठले निरन्तर मेहनत र लगनशीलताले निजामती सेवामा सफलता हासिल गर्न सकिने बताइन् । पहिलो प्रयासमा असफल भए पनि हार नमान्दै पुनः तयारी गरेर २०६२ सालमा शाखा अधिकृतमा नाम निकाल्न सफल भएको अनुभव उनले सुनाइन । छोरीहरूको सशक्तीकरण सम्बन्धी छलफलमा वक्ताहरूले शिक्षा र चेतनाको स्तर बढ्दै गए पनि आर्थिक अवस्था र सुरक्षाका चुनौती अझै विद्यमान रहेको बताए ।

‘शिक्षा र दृढ इच्छाशक्तिले सफलता सम्भव छ’

‘कर्णालीमा ३३ प्रतिशत महिला निरक्षर छन्, तिनको

Leave a comment

Your email address will not be published. Required fields are marked *