घुयँत्राे:गगनसँग लड्दालड्दै देउबा समूह लखतरान, अदालतले पनि भन्यो– ‘अब हामी के गरौँ?’

गगन थापाकाे विशेष अधिवेशन सितै भदौ २३/२४ काे जेनजी आन्दोलनले थिलाे थिलाे बनेकाे काँग्रेसकाे याैटा समूह गगन थापासित लडदालडदै हारथाक अबस्थाँ पुगेछ । आन्तरिक लडाइँ जित्न नसकेछि अदालत पुगेका देउबा समूहलाई अदालतले नि लाेप्पा ख्वाईदेछि विचरा देउबाका पछि लाग्नेहरु भाईरल ज्वराेले अचेत अबस्थाँ पुर्याए जस्तै गरि लखतरान भएर सुतेका सुत्यै छन । अदालत गुहारेर जाँदानि उनिहरकाे मुद्दामा सुनुवाई गरेर पनि केही फाईदा नहुने देखेछि न्यायाधीशहरुलेनि देउबा समूहलाई झन तितरबितर हुने अबस्थाँ पुर्याई दे । खास गरि अब याे देशमा न कहिल्यै गगनकाे सत्ता आउने न देउबाकाे सत्ता आउने जताबाट गुणदा पनि अब पुराना पाटि काँग्रेस कमिनिष्टकाे सरकार नआउने देखेछि न्यायाधीशहरुले नि ढुक्कैसित काँग्रेसकाे मुद्दा छेउ लाईदेछि ।अब अदालतनि कैल्यै काँग्रेसतिर फर्केर हेर्न नपर्ने गरि तर्कियका छन । काँग्रेस भित्र यस्तो स्थिति बनी सक्याे कि न देउबा काँग्रेस गगनतिर जाने न गगनले देउबा पक्षलाई बाेलाउने ? त्याे भन्दा आँफूआँफू गरि खाने खेलमा लागेका गगन काँग्रेसहरुले आफ्नाे पाटिकाे विरासत जाेगाउनु त त्यस्तै हाे पाटिलाई जेनजीका नाममा अंशवण्डा गरेर भागबिलाे लाएर खाने साेच बनाए तर पनि ऐलेकाे पुस्ता रहँदासम्म अब जनताले भाेट काँग्रेसलाई दिने स्थिति कतैबाट देखिएकाे छैन । त्यसैले नि देउबा पक्ष पनि बिस्तारै बरु नयाँ पाटि बनाएर जेनजीकाे विश्वास लिएर अघि बढन सक्ने खालकाे बनाएर अघि बढन सक्याे भने गाेडा तिसेक बर्षपछि सत्तामा पुग्न सक्ला अन्यथा भष्टाचारकै दागले काँग्रेसका नेता कार्यकर्ताकाे पुरानाे धङधङी सिध्दिने भयाे । खासगरि याे पुस्ता काँग्रेस र एमालेकाे नामै लिन चाहन्न त्यसैले देउबा समूहले पाटिकाे नयाँ नामाकरण गरेर जानेर काँग्रेसका कुनै पनि चिजलाई स्विकार नगरेर नयाँ साेच , नयाँ तरिका र नयाँ सिध्दान्तलाई अंगाफेर जान सक्याे भने केही न केही रुपमा नेताहरु तङ्ग्रिन सक्छन अन्यथा उई विपिकाे समाजवाद अनि राणाशासनकाे अन्त्य वहुदलीय ब्यवस्थाकाे स्थापना भन्दै हिँडे भने अब नेपाली जनताले त्यस्ताे दललाई पत्याउनेवालाछैन । किनभने बालेन र रबिले एकाेहाेराे बनाई सकेका जनता , प्रजातन्त्र र बहुदलका कुरा हैनकि कि बालेनकै स्टायलमा देश चलेकाे हेर्न चाहन्छन । कुनै दल र स्वतन्त्रताका कुरा हैनकि एकाेहाेराे देश विकासमा लाग्ने र जनतालाई सुखि र समृद्धि बनाउने कुरामा मात्र लाग्न नेपाली जनता चाहन्छन । त्यसैले नेपालिहरुका अगाडि लाेकतन्त्र र गणतन्त्रका पाठ नपढाईकन विकास तन्त्र र राेजगारतन्त्रले जनता र देशलाई जसले समृद्ध बनाउने नीति लिन्छ उनकैपछि अबका जनता हिँडनेवाला छन । किनभने ७ सालदेखिकाे प्रजातन्त्र र ७४ सालदेखिकाे गणतन्त्रले देशलाई भष्टाचारकाे दलदलमा फसाएर जनतालाई देशभित्र कमाई काज गरेर खाने अबसरलाई निमिट्यान्न पारेर राेजगारीका निम्ति विदेश जाने अबस्था सृजना गरेर दैनि तिसाैँहजार मान्छेलाई राेजगारी खाेज्न विदेशजाने जुन बाध्यात्मक स्थिति सृजना गरियाे त्यसलाई नजिकबाट हेरेका जनता अब सबैतन्त्र छाेडेर विकास तन्त्र र बिहान बेलुकि सजिलै चुल्हाे जल्ने र जलाउने तन्त्रकाे खाेजिमा छन । सँधैभरि देशलाई प्रयाेगशाला बनाएर सत्तामा बसेर राष्ट्रिय ढुकुटि सिध्याउने नेता र तिनकाे तन्त्रले देश उँभाे लाग्दैन भन्ने भएपछि नै जनताले बालेनजस्ताे मान्छेलाई दुई तिहाइ दिएर पठाएकाछन । त्यसैले याे देशका अन्य दलहरु जुटुनकि आँफूलाई पुरानाे पाटि भन्नेहरु फुटुन त्यसले बालेनकाे र उनकाे सत्ताकाे दाैडलाई कुनै असर पर्दैन । आफ्नाे राजनीतिक दाैडमा आफ्नाे विपक्षि वा अरु पाटि पनि छन तिनकाे कुरापनि सुन्नु पर्छ भन्नेसम्मपनि हेक्का नराखेर एकाेहाेराे दाैडमा हिँडि राख्ने बालेनका लागि सदनसितनि सराेकार छैन भने अरुकाे के कुरा गर्ने । देश विकास हुन्छ जनता सुखिर समृद्ध हुन्छ भने हामीलाई अरु ब्यवस्था पाे किन चाहियाे र !? बालेनकाे जस्तै एकतन्त्रीय ब्यवस्था भए पनि हुन्छ । राेगिलाई आैषधि, अशिक्षितलाई शिक्षा ,बेराेजगारलाई राेजगारी, भाेकाेलाई खाना , अन्यायमा परेकालाई न्याय,अनि आबस्यकता अनुसार सबैलाई गासबास कपास र जीउनलाई शान्ति सुरक्षा र अमन चयनकाे ब्यवस्था हुन्छ भने जनतालाई कुनै तन्त्र चाहिन्न चाहिने त तिनै कुरा हुन जाे माथि उल्लेख गरिएकाेछ । अबकाे साेच राजनीतिमा नि भिन्नै छ । त्यसैले राजनिती गर्नेहरुले नि बेलैमा बुध्दि पुर्याम् जनताकाे साेच अनुसार राजनीति गर्ने हाे भने जनतानिति अङ्गालाैँ राजनीति हैन । किनभने राजनीति नेताकाे नीति अनुसार चल्छ ऐलेका जनता आफ्नाेनिति अनुसार राजनीति चलाउन चाहन्छन । समयअनुसार जल्ले चल्न सिक्याे त्यैले बाजि मार्ने हाे । कि कसाे नेताजीहरु आईबात समझमे ।

घुयँत्राे:गगनसँग लड्दालड्दै देउबा समूह लखतरान, अदालतले पनि भन्यो– ‘अब हामी के गरौँ?’

रसुवा बाढीमा ज्यान गुमाएका कविरलालको आज अन्त्येष्टि

घुयँत्राे:गगनसँग लड्दालड्दै देउबा समूह लखतरान, अदालतले पनि भन्यो– ‘अब हामी के गरौँ?’

स्याउ टिपाइमा जुम्लाको नयाँ सुरुवात

Leave a comment

Your email address will not be published. Required fields are marked *