भोटेकोशीको बाढीपछि कर्णालीका  एक सय ८५ को अवस्था अज्ञात

सुर्खेत, १२ भदौ ।
भोटेकोशीमा बुधबार आएको भिषण पश्रात कर्णालीका एक सय ८५ जना सम्पर्कविहीन भएका छन् । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भिषण बाढीपछि अतुलनीय जनधनको क्षति भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको यो तथ्यांक हालसम्म आफन्त तथा परिवारका सदस्यले प्रहरी र जिल्ला प्रशासन कार्यालयमा टिपाएको प्रारम्भिक विवरण हो ।
सम्पर्कविहीन हुनेहरुमा कर्णालीका दश जिल्लाबाट सडक तथा जलविद्युत आयोजनामा मजदुरी गर्न गएकाहरु धेरै छन् । साथै, अध्ययन, सरकारी तथा गैर सरकारी संघसंस्थाहरुमा कार्यरत कर्मचारी, सुरक्षा निकायमा कार्यरत व्यक्तिहरुको अवस्था अज्ञात रहेकोे प्रहरीले जनाएको छ ।
हालसम्म उपलब्ध तथ्यांक अनुसार सम्पर्कविहीन हुनेहरुमा एक सय ५३ पुरुष, २५ महिला, चार बालक र तीन बालिका छन् । सम्पर्कविहीन हुनेहरुमा सबैभन्दा धेरै सल्यानका ४८ जना छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार ३५ पुरुष, १० महिला, दुई बालक र एक बालिकाको अवस्था अज्ञात छ ।
सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक पातलीले रसुवा र नुवाकोट जिल्लामा सडक र जलविद्युत आयोजनामा मजदुरी तथा अन्य कामको शिलशिलामा रहेका व्यक्तिहरु परिवारको सम्पर्कमा नरहेको भन्दै विवरण टिपाउने काम जारी रहेकाले यो संख्या अझै बढ्न सक्ने बताए ।
परिवारले तथा आफन्तले टिपाएको विवरण अनुसार सम्पर्कविहीन व्यक्तिहरुको अवस्था बुझ्ने प्रयास जारी रहेको उनले बताए । यस्तै, सुर्खेतका १५ पुरुष एक महिला गरी १६, दैलेखका ६ पुरुष र एक महिला गरी सात जना सम्पर्कविहीन छन् । जाजरकोटका दुई पुरुष, रुकुम पश्चिमका सात पुरुष, चार महिला र एक बालिका गरी १२, जुम्लाका पुरुष ७०, हुम्लाका ६ पुरुष, दुई महिला, एक बालिका गरी नौ जनाको अवस्था अज्ञात छ ।
त्यस्तै, डोल्पाका एक पुरुष, एक महिला, गरी दुई, मुगुका आठ पुरुष, चार महिला, एक बालक गरी १३, कालीकोटका तीन पुरुष, दुई महिला र एक बालक गरी ६ जनाको अवस्था हालसम्म पनि अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक सन्तोषसिंह राठोरले जानकारी दिए । उनले यो बढ्न सक्ने बताए ।
प्रभावितलाई काँग्रेस कर्णालीको आर्थिक सहयोग
भोटेकोशीमा आएको भिषण बाढीबाट पीडितहरुको राहत, उद्दार तथा पुनर्स्थापनाका लागि नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलले आर्थिक सहयोग गर्ने भएको छ । बिहिबार बसेको संसदीय दलको वैठकले २ लाख २५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
यो रकम संसदीय दलका १५ जना सदस्यहरुबाट प्रतिव्यक्ति १५ हजार संकलन गरी जम्मा गरिने सांसद बेदराज सिंहले जानकारी दिए । संसदीय दलले उक्त घटनाबाट घाईतेहरुको उपचार, वेपत्ताको खोजी तथा पीडितको राहत, उद्दार र पुनर्स्थापनामा विशेष प्राथमिकता दिन नेपाल सरकार तथा सम्बद्ध सरोकारवालासँग अपिल गर्ने,  यसका लागि कर्णाली प्रदेश सरकारलाई पनि आर्थिक सहायता प्रदान गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
भोटेकोशीको बाढीपछि कर्णालीका  एक सय ८५ को अवस्था अज्ञात

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

भोटेकोशीको बाढीपछि कर्णालीका  एक सय ८५ को अवस्था अज्ञात

रासायनिक मलको बढ्दो प्रयोगले  बाँकेको माटोको उर्वरा

Leave a comment

Your email address will not be published. Required fields are marked *