राष्ट्र बैंकको ७१ औं वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता

सुर्खेत ,१३ बैशाख ।
नेपाल राष्ट्र बैंकको ७१ औं वार्षिकोत्सवको अवसरमा अन्तर बैंक फुटसल प्रतियोगिता सुरु भएको छ । शनिबारबाट नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतको अयोजनामा वार्षिकोत्सवको अवसरमा कर्णाली प्रदेशस्थित बैंक तथा वित्तीयसंस्थाहरुबीच प्रतिस्पर्धा हुने गरी कर्णाली प्रदेशस्तरीय पाँचौं अन्तर बैंक फुटसल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा राष्ट्र बैंकसहित १६ बैंकको सहभागिता छ । शनिबार १२ खेल भएका छन् भने आइतबार प्रतियोगिताको फाइनल खेल हुने जनाइएको छ । राष्ट्र बैंकले आफ्नो स्थापना दिवसका अवसरमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यसँगै खेलकुद प्रतियोगितासमेत आयोजना गर्दै आएको छ ।
अन्तर बैंक फुटसल प्रतियोगिताले बैंक तथा वित्तिय संस्थाहरु बीचको आपसी सम्बन्ध प्रगाढ हुने अपेक्षा गरिएको नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजनप्रसाद रेग्मीले जानकारी दिए ।






