सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीद्वारा शपथ

कैलाली, ७ भदौ । 
सुदूरपश्चिम प्रदेशका नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनियताको  शपथग्रहण गरेका छन् ।
साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहमा मन्त्रीले प्रदेश प्रमुख नजिर मियाँ र राज्यमन्त्रीले मुख्यमन्त्री खगराज भट्टसमक्ष शपथग्रहण गरेका हुन । मुख्यमन्त्री भट्टले आजै नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण, ओमविक्रम भाटलाई भौतिक पूर्वाधार विकास र खुसीराम डगौरा थारूलाई आन्तरिक मामिला तथा कानुनमन्त्री तथा जानकी कुँवरलाई भौतिक पूर्वाधार र इन्दिरा गिरीलाई वन राज्यमन्त्री नियुक्त गरेका थिए ।
गत साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चक्र मल्ललाई आर्थिक मामिला, सन्तोषी थापा शर्मालाई सामाजिक विकास र दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र जानकी बम ऐरलाई आर्थिक मामिला राज्यमन्त्री नियुक्त गरिसकेका छन् । योसँगै प्रदेश सरकार मन्त्री परिषद्ले पूर्णता पाएको छ ।
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीद्वारा शपथ

पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीद्वारा शपथ

कर्मचारीको बेवास्ताले कभर्ड हल गौचरनमा परिणत

Leave a comment

Your email address will not be published. Required fields are marked *