खानेपानी आयोजनाको अनुगमन

सुर्खेत, ९ चैत ।
चिङगाड गाउँपालिकामा सञ्चालित गजेखोला पुङ्ग र टुले खर्चे चुले खानेपानी तथा सरसफाइ आयोजनाको दोस्रो चरणको अनुगमन गरिएको छ । एकीकृत जलस्रोत ब्यबस्थापन कार्यक्रम हेल्भेटास नेपालको आर्थिकमा सहयोग सुन्दर नेपाल संस्थाको सामाजिक तथा प्राबिधिक सहजीकरणमा संचालित खानेपानी आयोजनाको अनुगमन गरिएको हो ।
स्थानीय जनप्रतिनिधि, योजनाका उपभोक्ता समिति प्रतिनिधि, हेल्भेटास नेपाल र सुन्दर नेपाल संस्था प्रतिनिधिसहितको टोलीले दोस्रो आनुगमन गरेको हो । साथै पुराना योजना र नयाँ योजनाको अनुगमन गरी योजनाको अवस्था बारे बैठकबसी चिङ्गाड गाउँपालिका जनप्रतिनिधि र योजना शाखा प्रमुखहरुलाई जानकारी गराईएको थियो ।
साथै ३३ औं विश्व पानी दिवसको अवसरमा जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ भन्ने मुल नारासहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सल्यान कालीमाटी गाउँपालिका वडा नं. ४ स्थित ग्राण्ड घुरचौर खानेपानी तथा सरसफाई आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा पानी बचाऔं, भविस्य बचाऔं, पानी जीवन हो, यसको संरक्षण गह्रौं, स्वस्थ पानी स्वस्थ जिवन भन्ने बिभिन्न बिषयमा पानीको महत्व, पानीको मुहानदेखि धारासम्मको सुरक्षा र संरक्षण, घरेलु स्तरमा पानीको शुद्धिककरण विधि तथा पानीको पहुँच र प्रवाहको वृद्धिले समानतामा कसरी वृद्धि तथा परिवर्तन ल्याउन सकिन्छ भन्ने बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।






