जुम्लामा एक हजार २९२ छात्रालाई एचपिभी खोप लगाइँदै

जुम्ला, ६ असोज । 

जुम्लामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एक हजार २९२ छात्रालाई लक्षित गरी एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ । 

जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमैका अनुसार जिल्लाभर सोमबार र मङ्गलबार खोप कार्यक्रम सञ्चालन हुनेछ । जिल्लाका ८४ वटा विद्यालयमा खोप केन्द्र कायम गरिएको छ । जसअनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रालाई उक्त खोप दिइनेछ । जिल्लाका आठवटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा २४९, तातोपानी गाउँपालिकामा १८९, गुठीचौरमा ११५, पातारासीमा १९६ जनालाई एचपिभी खोप दिइनेछ । त्यसैगरी, तिला गाउँपालिकामा १४७, हिमामा १२०, सिञ्जामा ११८ र कनकासुन्दरीमा १२३ छात्रालाई खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरणकुमार शर्माले जानकारी दिए । खोप कार्यक्रमका लागि आवश्यक तयारी पूरा भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

जुम्लामा एक हजार २९२ छात्रालाई एचपिभी खोप लगाइँदै

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

जुम्लामा एक हजार २९२ छात्रालाई एचपिभी खोप लगाइँदै

बिरामीको सहारा बन्दै सुशील कोइराला क्यान्सर अस्पताल 

Leave a comment

Your email address will not be published. Required fields are marked *