वागीना समूहको अध्यक्षमा बस्नेत
सुर्खेत, ८ चैत ।
कर्णाली प्रदेशमा बाजा, गीत र नृत्यको क्षेत्रमा लामो समयदेखी काम गर्दै आएको कला, साँस्कृतिक संस्था वागीना समूह सुर्खेतको ३० औं साधारणसभा तथा १५ औं अधिवेशन शनिकार सम्पन्न भएको छ । साधारणसभाले गणेश बस्नेको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्ष्मा सीता भण्डारी र खिमराज बस्याल, सचिवमा भानुभक्त अधिकारी, कोषाध्यक्षमा मिन प्रसाद सुवेदी र सह–सचिवमा प्रकाश शाही चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रकाश (दिपक) नेपाली, मनु मन्दिर, लक्ष्मी खड्का, धर्मराज गिरी, देवराज गिरी, शेर ब. आचार्य, कमला पौडेल, अनन्त तिमिल्सेना, बल बहादुर सोति मगर चयन भएका छन् ।
त्यसैगरी समूहको नृत्य विभाग निर्देशकमा कुलमान नेपाली, नृत्य विभाग प्रमुखमा सुनिल दत्त रेग्मी, नृत्य विभाग उप–प्रमुखमा जनक तारामी, गीत संगीत विभाग निर्देशकमा यज्ञ कु. गिरी, गीत संगीत विभाग प्रमुखमा खम्बराज गिरी, गीत संगीत विभाग उप–प्रमुखमा ज्ञान ब. नेपाली, नाट्य विभाग निर्देशकमा उमालाल आचार्य, नाट्य विभाग प्रमुखमा मिन प्रसाद सुवेदी चयन भएका छन् ।
संस्थाको संरक्षक सल्लाहकार गंगा बहादुर के.सी., वरिष्ठ सल्लाहकार प्रेमदेव गिरी, वरिष्ठ सल्लाहकार भिमबहादुर कार्की, वरिष्ठ सल्लाहकार ध्रुवकुमार श्रेष्ठ, वरिष्ठ सल्लाहकार कुलमान नेपाली, वरिष्ठ सल्लाहकार यज्ञ गिरी, वरिष्ठ सल्लाहकार गोबिन्द कोइराला, सल्लाहकार मन्जु मेदासी (शाह), सल्लाहकार प्रेम प्रकाश खड्का, सल्लाहकार खम्बराज गिरी, सल्लाहकार डिल बहादुर गुरुङ, सल्लाहकार सुन्दरमान श्रेष्ठ र सल्लाहकार श्याम भण्डारीलाई मनोनित गरिएको छ ।






