उच्च अदालत नेपालगन्ज इजलासमा  दुई वर्षभन्दा पुराना सबै मुद्दा फछ्र्योट 

नेपालगन्ज, ३ साउन । 

उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२ /०८३ मा दुई हजार १६३ मुद्दामध्ये एक हजार ३५४ मुद्दा फछ्र्योट गरेको छ । प्रतिशतका आधारमा ६२ दशमलव ६० प्रतिशत मुद्दा फछ्र्योट भएको सो अदालतले जनाएको छ । 

शुक्रबार यहाँ वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले अदालतले दुई वर्षभन्दा पुराना सबै मुद्दा फछ्र्योट गर्न सफल भएको जानकारी दिए । 

फर्स्यौट भएका मुद्दा देवयानीतर्फ अंशवण्डा, माना चामल, सम्वन्ध विच्छेदलगायतका छन् भने फौजदारीतर्फ लागूऔषध, चोरी, डकैती, जर्बजस्ती करणी, ज्यान मार्ने उद्योग, किर्ते जालसाजी, बैङिकिङ कसुरलगायत रहेका छन् । 

न्यायाधीस ज्ञवालीका अनुसार असार मसान्तसम्म १८ महिना पूरा गरेका १५ वटा मुद्दा मात्र फछ्र्योट हुन बाँकी रहेका छन् । ती मुद्दा पनि साउनभित्रै टुङ्गो लगाउने लक्ष्य रहेको उनले बताए । अदालतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ६४२ र नयाँ दर्ता भएका एक हजार ५२१ गरी कुल दुई हजार १६३ मुद्दा लगतमा रहेका थिए । तीमध्ये एक हजार ३५४ मुद्दा फछ्र्योट हुँदा ८०९ मुद्दा चालु अवस्थामा रहेका छन् ।

बार्षिक कार्ययोजना अनुसार अदालतले दुई हजार ४९० मुद्दाको लगत रहने अनुमान गर्दै एक हजार ७४३ मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेको थियो । सोही आधारमा लक्ष्यअनुसार ७७ दशमलव ७ प्रतिशत उपलब्धि हाँसिल भएको छ ।

विगत तीन आर्थिक वर्षको तथ्याङ्कले भने फछ्र्योट दरमा केही गिरावट देखाएको छ । आर्थिक वर्ष २०८० /०८१ मा ७१ दशमलव ४१ प्रतिशत र २०८१/०८२ मा ७५दशमलव ७४ प्रतिशत फछ्र्योट भएको थियो भने आर्थिक वर्ष २०८२ /०८३मा यो दर ६२ दशमलव ६० प्रतिशतमा झरेको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा अदालतमा आगजनी गरिएपछि चार महिना मुद्दा सुनुवाई रोकिएका कारण फछ्र्यौट दर घटेको न्यायाधीश ज्ञवालीको भनाई छ ।

अदालतले जलेका मिसिलको प्राप्ति तथा प्रमाणीकरणकार्य पनि शतप्रतिशत सम्पन्न गरेको जनाएको छ । आर्थिक वर्षभर ७५३ वटा जलेका मिसिलको प्राप्ति र प्रमाणीकरण गरिएको उनले जानकारी दिए ।  बाँके र बर्दिया जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/०८३ मा दर्ता तथा जिम्मेवारी सरेका मुद्दामध्ये बाँकेमा दुई हजार ७३३ र बर्दियामा एक हजार ३१२ मुद्दा फछ्र्योट भएका छन् ।

बाँके जिल्ला अदालतमा कुल सात हजार ४७ वटा मुद्दामध्ये दुई हजार ७३३ मुद्दा फछ्र्योट भएको छ भने चार हजार ३१४ मुद्दा अझै विचाराधीन रहेका छन् । यसअनुसार बाँके जिल्ला अदालतको फछ्र्योट दर करिब ३८ दशमल ८ प्रतिशत रहेको छ । 

उच्च अदालत नेपालगन्ज इजलासमा   दुई वर्षभन्दा पुराना सबै मुद्दा फछ्र्योट 

उल्झन्‌मा मुक्तकमैया पुनःस्थापनाको मुद्दा

उच्च अदालत नेपालगन्ज इजलासमा   दुई वर्षभन्दा पुराना सबै मुद्दा फछ्र्योट 

औषधी लिमिटेडबाट दुई वर्षभित्र  ३६ प्रकारका औषधी

Leave a comment

Your email address will not be published. Required fields are marked *