क्रिकेट उत्साहलाई थप रंगिन बनाउँदै एनसेल–भाटभटेनीको संयुक्त अफर, मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट

काठमाडौं ,५ माघ।

क्रिकेटप्रतिको बढ्दो उत्साहलाई थप प्रोत्साहन गर्ने उद्देश्यले एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन्। यस अफरअन्तर्गत नेपालका आधिकारिक टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ का मर्चेन्डाइज खरिदमा उपभोक्ताले २० प्रतिशतसम्म छुट पाउने छन्।
एनसेलका ग्राहकहरूले कर सहित २९९ रुपैयाँ वा सोभन्दा माथिको डेटा वा कम्बो प्याक खरिद गर्दा छुटका लागि कुपन प्राप्त गर्न सक्नेछन्। प्राप्त कुपन भाटभटेनीको अनलाइन स्टोरमार्फत आधिकारिक टी–२० विश्वकप मर्चेन्डाइज खरिद गर्दा प्रयोग गर्न सकिन्छ। यस पहलले क्रिकेट प्रेमीलाई गर्वका साथ राष्ट्रिय टिमको मर्चेन्डाइज प्रयोग गर्ने अवसर प्रदान गर्नुका साथै टोलीसँग भावनात्मक सम्बन्ध अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
अफरअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप लगायतका सामग्री समावेश छन्। यी सबै मर्चेन्डाइजहरू आधिकारिक रूपमा उपलब्ध गराइएकाले क्रिकेट समर्थकहरूलाई गुणस्तरीय सामग्री प्रयोग गर्ने अवसर मिल्नेछ।
यो अफर एनसेल एप, देशभरका एनसेल पसल तथा एनसेल सेन्टरहरूबाट सहजै उपलब्ध हुनेछ। यसले देशका हरेक कुनामा रहेका क्रिकेट प्रेमीलाई विश्वकपको उत्सवमा सहभागी गराउने लक्ष्य राखेको छ।
एनसेल एपमार्फत सहभागी हुन ग्राहकले एप खोली टी–२० विश्वकप क्याम्पेन ब्यानरमा क्लिक गर्न वा अफरअन्तर्गतको कुनै पनि प्याक चयन गरी खरिद प्रक्रिया पूरा गर्नुपर्नेछ। खरिदपछि ग्राहकले आफ्नो एनसेल नम्बरमा छुटको प्रोमो कोडसहित भाटभटेनीको लिङ्क भएको एसएमएस प्राप्त गर्नेछन्।
एसएमएसमा प्राप्त लिङ्कमा क्लिक गरी ग्राहकले मनपर्ने मर्चेन्डाइज छनोट गर्न सक्नेछन् र चेकआउटको क्रममा प्रोमो कोड प्रयोग गरी छुटको लाभ लिन सक्नेछन्। अर्डर पुष्टि भएपछि छनोट गरिएको मर्चेन्डाइज ग्राहकले रोजेको स्थानमा डेलिभरी गरिने व्यवस्था गरिएको छ।
यो अफर २०२६ मार्च ३१ अर्थात् २०८२ चैत १७ गतेसम्म वा भाटभटेनी अनलाइन स्टोरमा अफरअन्तर्गतको मर्चेन्डाइज उपलब्ध रहुन्जेल लागू हुनेछ। ग्राहकहरूले आफू योग्य रहने प्रत्येक प्याक खरिदमा एक वटा मात्र प्रोमो कोड प्राप्त गर्नेछन्। प्राप्त प्रोमो कोड साथीभाइ वा परिवारका सदस्यलाई हस्तान्तरण गर्न सकिने भए पनि नगदमा साट्न वा अन्य अफरसँग जोडेर प्रयोग गर्न भने सकिने छैन।

क्रिकेट उत्साहलाई थप रंगिन बनाउँदै एनसेल–भाटभटेनीको संयुक्त अफर, मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट

घुयँत्राे:“बालेन गए, टायल उडे, कार्यकर्ता दौडे :

क्रिकेट उत्साहलाई थप रंगिन बनाउँदै एनसेल–भाटभटेनीको संयुक्त अफर, मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट

खानेपानी आयोजनाको संयुक्त अनुगमन

Leave a comment

Your email address will not be published. Required fields are marked *