घुयँत्राे:माडसापलाई नयाँ सरकारको माया कि पुरानो सरकारको रिस?

माडसापहरु तपाईंहरले आन्दोलन गर्न नपर्ला जस्ताे भाे त ! गाेडा ३५/३६ बर्ष तपाईंहरकै दलले सरकार चलाउँदानि तपाईंहरले भन्या जस्ताे कानुन नल्याएर तपाईंहरलाई खानुन पिनु बनाएर सडकाँ अलपत्र पारेर बारम्बार आन्दोलन गराउन खाेज्ने तपाईंहरकाे सरकार गएछि मात्रै तपाईंहरकाे माग पूरा गर्दिने सरकार आयाेकि जस्ताे ला छ है मलाई त! भन्न त तपाईंहरले शिक्षा ऐन संसाेधन गर्न फेरि आन्दोलन गर्छम् भन्नुभाथ्याे त्यै सुनेर हाेकि साँच्चिकै शिक्षामा सुधार ल्याउनालागि हाे गएकाे शनिबाराट शराेकारवालासित छलफल गर्ने भनेर विराटनगरदेखि शिक्षा ऐनाँ छलफल थालियाे त था त पाउनु भाे नि ! हिजा दिनाँ तपाईंहरकाे सरकारले उल्टै तपाईंहरलाई नै सडकाट आन्दोलन छाेडेर घर जानमात्रै बाध्य पारेनकि विचरा शिक्षककाे माग पूरा गर्दिनु पर्छ भनेर लागेकि शिक्षा मन्त्री विद्या भट्टराईकाे समेत वलीले जागिर खाईदे । ऐले अब देशाँ वलिकाे सरकार छैन । नयाँ पाटिकाे नयाँ सरकार आछ बरु नयाँ सरकारले तपाईं हरकाे मागपूरा गर्देला जस्ताेछ ।सरहरुतपाईहरकाे ऐन संसाेधन गर्न सातै प्रदेशका सदरमुकामाँ संसाेधन छलफल राखियाछ बरु तपाईंहरका प्रतिनिधि पठाएर छलफलाँसुझाब दिनु पर्याे र सातै प्रदेशाँ दिईने सुझाब नबाझिएर तपाईंहरले चाहेकै जस्ताे भयाे भने त तपाईंहरकाे माग पूरा नहुने कुरै भएन । बरु हिजाे जसरि माडसापकाे नेताहरुले सडक तताउन माडसापहरलाई पढाइ छुटाएर राजधानियाँ उराल्नु भाे तर तपाईंका नेता भनाउँदा वलि र प्रचण्डले तपाईंहरका कुरै सुन्न चाहेनन । ३५/३५ बर्ष सम्म काँग्रेस कमिनिष्टका जुत्ताका तलुवासरह घिसारिएर हातगाँठि शून्य भएर आन्दोलनबाट फर्कियर उनै विद्यालय काेठाँमा फर्किएकाे जिन्दगी याे पटककाे सरकारले फेर्दिन्छकि जस्ताे छ । त्यसैले शिक्षा ऐनमा हुने प्रदेशका सदरमुकामका छलफलाँ आफ्ना मागदेर सरहरलाई पठाउनुस त अनि छलफल गराउने टाेलिले तपाईंले दे काे सुझाब कसरी लिन । शिक्षक भएर नि आफ्नाे मान मर्दनमा नबसी नेताहरुले जे जे र जताजता भन्याे त्यतै हिँड्दिने अनि अनि गाउँकाे राजनीति धान्दिने गरेछि दलवालाहरुले हेपेका हुन भन्ने कुरा नबुझ्दिँदा याे देशकाे शिक्षानीति बेहाल अबस्थाँ पुग्या हाे भन्ने कुरा सरहरुले नि बुझ्नु पर्याे । अब बालेन सरकारले सरहरुनि कुनैपनि राजनीतिक संगठनाँ आबद्ध हुन नपाउने भन्ने व्यवस्था गर्याछ । बरु त्यै कुरालाई स्विकारगरि आफ्नाे वृतिविकासका लागि एकताबध्द हुने साेच राखेर हाल ल्याउन लागिएको ऐन निर्माण गर्न सरहरुकाे तर्फबाट सक्दाे सहयाेग गरि यहि सदनमा शिक्षा ऐन पेश गरेर त्यसलाई पास गराउन लाग्नु भाे भने सरहरुकाेनि माग पूरा हुन्छ र सरकारले नि देशकाे शिक्षानितिमा ल्याउन खाेजेकाे परिवर्तनले साकाररुप पाउनेछ । राजादेखि रंकसम्म नेतादेखि मास्टरसम्म सबैकाे गुनासाे शिक्षा नीति राम्रो भएन भन्ने तर त्यसलाई कैल्यै पनि सुधार गर्न नचाहने नेताहरु र शिक्षाक्षेत्र सम्हालेका दलाल ,विचाैलिया र गलत सल्लाहकारका कारण २८ सालकाे शिक्षा नितिले आजसम्म वेराेजगारमात्र उत्पादन गर्याे जस्ले गर्दा युवाशक्ति विदेश पलायन भए । तर अबकाे शिक्षा नीति यस्ताे बनाेस र शिक्षा ऐन यस्तो आओसकि जसले उत्पादन हुने विद्यार्थी नैतिकबान,चरित्रबान र शैध्दान्तिक ज्ञानसितै प्राविधिक ज्ञानले निपूर्ण बन्न सकून र पढाइ सकिने बित्तिकै राेजगारीका लागि विक्रिहाेउन र विदेश हान्निन नपराेस । साँच्चिकै नयाँ दलकाे नयाँ सरकारले शिक्षानितिमा आमूल परिवर्तन गरेर शिक्षा ऐन जारी गरि दिए त हिजाेदेखि माग पूरा नभएर आन्दोलनमा थला परेका मास्टरहरुमात्रै हैनकि नागरिकहरुसमेत याे सरकारसित आभारी हुने थिए । के संसाेधन हुन लागेकाे शिक्षा ऐन माष्टर,अभिभावक र विद्यार्थीकाे मागपूरा गरेर नेपाली शिक्षा क्षेत्रमा खराे उत्रिन सक्ला ?




