घुयँत्राे:”राजीनामाको हल्लाले एमालेमा भूकम्प, माओवादीमा मन्त्री सपनाको सुनामी!”

कर्नालिकाे सरकारका मन्त्रीले बुधबार बिहानै राजिनामा दे काे सम्चार सामाजिक सन्जालाँ आउने बित्तिकै एमाल्या कार्यकर्ताहरु छट्पटीए । छट्पटीनु पनि स्वभाविक थियाे काेहि मुख्यमन्त्रीकै आडमा जागिर खाथे भने काेहि अरु नेताकाे आडमा र काेहि झाेले भएकै आधारमा नेताहरुलाई दम्काएरै जागिरमा अडिएका थिए र त्यसकै सान साैकतमा अरुका अगाडि रबाफका साथ प्रस्तुत हुन्थे । एक्कासी सरकारबाट मन्त्रीहरु राजिनामा दिएर बाहिरिएछि सरकारै ढल्याे, अब हामी सिध्दिईम भनेर चिन्ता गर्नु पनि स्वभाविक थियाे । तर कुरा नबुझे पछि र आफ्नो अक्कलले काम नगरेछि सबैलाई यस्तै हुन्छ । कर्नालिका काँग्रेसका बहालवाला मन्त्रीले राजिनामा मात्रै दिएर गएका हुन पाटिले सरकार छाेडेकाे थिएन र हैन । तर माओवादिहरु भने काँग्रेसले सरकार छाेड्याे अब हामी सरकारमा जान्छम् भनेर जमिन छाेडेर ३ बित्ता माथि उचालिँदैछन । तर मलाई जाँ सम्म लाग्छ यतिछिटै सरकारमा जान नआत्तिनाेस माओवादि नेताहरु किनभने हिजाे तपाईंहरुले सदनमा काँग्रेसलाई जसरी दिनहुँ टक्टक्याउनु भाे त्याे मुख्य मन्त्रीले देखेकै छन । अनि आँफुपनि काँग्रेस जस्तै सिकार बन्न सकिन्छ भनेर केही समय साेच्न त साेच्लाननि । त्यसैले मुख्यमन्त्री कडेलले तपाईंहरले चाकै जसरी सजिलै मन्त्री चाईँ नबनाउन सक्छन है त्यसैले काँग्रेस लखेटिम अब मन्त्री पनि हुन्छम् भनेर भाेज भतेरतिरनि धेरै मन नलाएनि हुन्छ । यिनिहरुले भाेलि मलाई पनि यस्तै गर्नसक्छन भन्नेसम्म नि सामान्य दृष्टि कँडेलले लाए भने तपाईंहरलाई नि रिङाउन सक्छन । त्यसैले धेरै उचालिने र पछारिने अनि काँग्रेसीहरलाई खुच्चिङ भनेर कुम ठाेक्ने काम पनि नगरेकै राम्राे । काँग्रेसीहरुमा आफ्नै साथिहरु बीचकाे सहमतिमा राजिनामा दिईएकाेछ । आपसि सहमतिमै राजिनामा दिईएकाे हाे भन्ने कुरा त संयुक्त राजिनामालेनै पुष्टि गरेकाेछ । प्रदेश सरकार आफ्नै बुध्द विवेकमा चल्ने नभै केन्द्रीय नेताहरुकाे हस्तछेप र बिवेकले चल्ने भएकाले पुराना ३ दलका नेताहरुमाझ जे खिचडी पाक्छ त्यै खिचडी प्रदेश सरकारले पस्कने हाे ।त्यसैले याे मेराे भाग र त्याे तेराे भाग भनेर ऐल्यै न हाैसिँदानि हुन्छ । काँग्रेस एमाले भित्र पाटिमै किचलाे भएकाले आफुहरले भनेजस्तो नहुने हाे भने माओवादिलाईनै सरकार चलाउन दिने भन्ननि सक्छन या वलिले एमालेले एक्लै सरकार चलाउँछ भनेर अड्डि लिएर बस्ननि सक्छन र सरकारमा यामलालजीकाे राज र जिल्लामा एमालेकाे राज रहननि सक्छ । त्यैसैले यी प्रदेशका सरकारका विषयमा यहिनै हुन्छ र यै गर्नु पर्छ भन्ने किछानिकाे आधार छैन । त्यै भएर त जनताले यस्तो संघियताकाे काम छैन भनेर संघियताकाे विरुद्धमा तालि पिटि रहेका हुन्छन । कर्नालि सरकार साँच्चै भन्ने हाे भने एमालेले सरकार बनाउँदाकाे सहमति अनुसार आजभन्दा ६ मैना अघिनै परिवर्तन भै सक्नु पर्ने थियाे तर देशमा भएकाे आम निर्वाचन अनि काँग्रेस पाटि भित्र भएकाे किचलाेकाे फाईदा उठाएर वलिले आजसम्म सरकार चलाउन दिएनन । अनि सरकार परिवर्तन नभएकाे र हुन नदिएकाे कुराकाे फाईदा उठाएर सरकारमा जान सकिन्छ कि भनेर माओवादिहरु अनेक बहानामा काँग्रेस मन्त्रीहरुमाथि खनिन थाले र उनिहरका सदनका दैनिक प्रस्तुति काँग्रेस मन्त्रीमा नै केन्द्रीत रहे र आज मन्त्रीहरुले राजिनामा दिएछि हाम्रै कारणले काँग्रेसीहरुले राजिनामा दिएर गए अब सरकारमा हामी सामेल हुन पाउँछम् भनेर माओवादिहरु उफ्रिँदैछन । सत्ताकाे लागि मरिहत्ते गर्ने माओवादिले वलिलाई फस्ल्याङ फुस्लुङ पार्न सक्याे भने कर्नालिका माओवादिहरु फेरि एक पटक ढुकुटीमा आहाल खेल्न पुग्ने छन र भविष्काे एक पुस्तालाई पुग्नेगरि कमाउन पनि सक्ने छन किनभने यीनिहरुकाे राजनीति यै नै अन्तिम हाे । त्यसैले कमरेडहरु काेशिस गर्नाेस यसपछिका अबसर तपाईंहरुका हुने छैनन् । माैका यै हाे एमालेसित रुने,कराउने ,गिडगिडाउने जे गरेर हुन्छ सत्ताँ पुग्न काेशिस गर्नाेस । भन्नेले जे सुकै भनाेस । हैन र !?






