सरकारी छाप र दस्तखत दुरूपयोग गरेको आरोपमा तीन जना पक्राउ

सल्यान, वैशाख ३

दाङको तुलसीपुरबाट सरकारी सही छाप र दस्तखत दुरूपयोग गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्ने तीनै जना सल्यानका हुन् । सल्यानको बागचौर नगरपालिका–२ बागचौरका २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षकै राजन विष्ट छन् ।

सरकारी सही छाप र दस्तखत दुरूपयोग गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्ने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

दाङका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले उनीहरूको साथबाट यातायात व्यवस्था सेवा कार्यालय वीरेन्द्रनगर सुर्खेतको डिजिटल छाप १ थान, रा २ प ३११५ नम्बरको सवारी दर्ता किताब १ थान, साथबाट बा.प.०२–०४६ प ३३३२ नम्बरको सवारी दर्ता किताब १ थान  र उनीहरूले प्रयोग गर्दै आइरहेको बा.प्र.०२–०४५ प १७३० नम्बरको मोटरसाइकल १ थान बरामद भएको जानकारी दिए ।

दाङको तुलसीपुर उपमहानगरपालिका – ५ माछापुच्छ्रे टोलको थारमारे भण्डारीमा केही व्यक्तिहरूले सरकारी  छाप र दस्तखतको किर्ते गरी चोरीको मोटरसाइकल बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वैशाख १ गते दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए ।  पक्राउ परेका व्यक्तिहरूलाई बुधबार जिल्ला अदालतबाट ५ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति प्राप्त भएको डिएसपी बोहराले जानकारी दिएका छन् ।

सरकारी छाप र दस्तखत दुरूपयोग गरेको आरोपमा तीन जना पक्राउ

टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको

सरकारी छाप र दस्तखत दुरूपयोग गरेको आरोपमा तीन जना पक्राउ

पहिलेको बगर, अहिले आम्दानीको स्रोत  

Leave a comment

Your email address will not be published. Required fields are marked *