विकास, समृद्धि र नीतिगत सुधारका ‘सुदूरपश्चिम कचहरी २०८३’ हुने

कैलाली, १ जेठ  । 

धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’ आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका लागि आगामी जेठ २ र ३ गते कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।

आयोजक सुदूरपश्चिम विकास फाउन्डेसनका अध्यक्ष शेरबहादुर शाहीले सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगसँगको समन्वयमा आयोजना गर्न लागिएको र कार्यक्रमको तीव्र तयारी भइरहेको बताए ।

बृहत् संवाद कार्यक्रमले सुदूरपश्चिम प्रदेशको सम्भावना र समृद्धि उजागर गर्नुका साथै शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, कृषि, पूर्वाधार, सुरक्षित आप्रवासन तथा सुशासनका विषयमा आधारित नीतिगत बहस गरी साझा विकास दृष्टिकोण तयार गर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारले कचहरीबाट प्रदेशको विकास प्राथमिकता, लगानीमैत्री वातावरण, पर्यटन प्रवर्‌द्धन, युवा रोजगारी तथा नीति सुधारका विषयमा ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको बताए । यस्ता संवादले नीति तथा योजनामा एकरूपता ल्याउन तथा विकासका मुद्दामा साझा समझदारी निर्माण गर्न सहयोग पुग्ने  उनको भनाइ थियो ।  कचहरीमा सङ्घ, प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, निजी क्षेत्र, बैङ्क तथा वित्तीय संस्था, नागरिक समाज र  विज्ञलगायतको सहभागिता रहने जनाइएको छ ।

विकास, समृद्धि र नीतिगत सुधारका ‘सुदूरपश्चिम कचहरी २०८३’ हुने

जुम्लाको तिला गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र

Leave a comment

Your email address will not be published. Required fields are marked *