जुम्लाको तिला गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा

जुम्ला ,१ जेठ ।

जुम्लाको तिला गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना पालिका’घोषणा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आज एक कार्यक्रमबीच पूर्ण खोप सुनिश्चितता गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी पालिकालाई घोषणा गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले यसका लागि खोप लगाउन गाउँगाउँ र घरघरसम्म पुगेर सचेतना जगाउने काममा भूमिका खेलेका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको अथक प्रयासका लागि आभार व्यक्त गरे । आगामी दिनमा त्यसलाई दिगोपना दिनका लागि पनि सबैको उतिकै भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

खोपको सुनिश्चिततासँगै अब दिगोपनाका लासिग अभिभावकहरूलाई पनि खोपको महत्त्व बुझाउन जरुरी रहेको गाउँपालिका अध्यक्ष रोकायाले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले पालिका स्वास्थ्य शाखाको सक्रियतामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको मिहिनेतले सिङ्गो पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्न सफल भएको बताए ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर रावतका अनुसार गाउँपालिकाका नौवटै वडाका १६ देखि २३ महिनासम्मका दुई सय तीन बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार सबै खोप पाएको सुनिश्चित गरिएकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो । साथै, जन्मेदेखि १५ महिनासम्मका एक सय ८८ बालबालिकाले पनि सबै खोप प्राप्त गरेको उनले जानकारी दिए ।

जुम्लाको तिला गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा

बर्दिया अस्पतालबाट बिरामी रित्तै फर्किन बाध्य

जुम्लाको तिला गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा

विकास, समृद्धि र नीतिगत सुधारका ‘सुदूरपश्चिम कचहरी

Leave a comment

Your email address will not be published. Required fields are marked *