‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता 

बैतडी, २७ भदौ । 
बैतडीको दशरथचन्द नगरपालिका–१ पितलथलाकी भुन्टी विकले ७२ वर्षका उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।  प्रमुख जिल्ला अधिकारी मीना अर्यालले सात दशक बढी उमेर बितिसक्दा नागरिकता विहीन सुस्त मनस्थितीकी विकलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।
नागरिकता नहुँदा विक राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्तालगायतका सेवासुविधाबाट वञ्चित हुँदै आएको थियो । न्युन आर्थिक अवस्था र सुस्त मनस्थितीका कारण जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता लिन सक्ने अवस्था नभएपछि उनलाई विहीबार वडा कार्यालयमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ अर्यालले बताए ।
जिल्ला प्रशासन कार्यालयले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम अन्तर्गत अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घर तथा पायक पर्ने स्थानमा पुगेर नागरिकता प्रदान गरिरहेको छ । यसअघि गएको विहीबार दशरथचन्द नगरपालिका–६ की मानसिक अपाङ्गता भएकी अस्मिता पन्तलाई उनको घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो ।
कार्यक्रम अन्तर्‌गत जिल्लाभरीका नागरिकताबाट वञ्चित अशक्त तथा अपाङ्गता भएका व्यक्तिको विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । “नागरिकताबाट वञ्चित त्यस्ता नागरिकलाई सकेसम्म उनीहरूकै घरमा अथवा वडा कार्यालयमा नागरिकता प्रदान गर्ने हिसाबले काम भइरहेको छ,”, प्रमुख जिल्ला अधिकारी अर्यालले भने ।
‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता 

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता 

बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक

Leave a comment

Your email address will not be published. Required fields are marked *