हृदयघातबाट पत्रकार बुद्धि सिंह ठकुरीको निधन
सुर्खेत ,२६ चैत ।
नेपाल पत्रकार महासंघ सुर्खेतका साधारण सदस्य तथा देउती एचडी टेलिभिजनका संस्थापक सञ्चालक बुद्धि सिंह ठकुरीको असामयिक निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार ४१ वर्षीय पत्रकार ठकुरीको बुधबार दिउँसो हृदयघातका कारण निधन भएको हो ।
दुई दशकदेखि सुर्खेत र काठमाडौंलाई कार्यक्षेत्र बनाएर टेलिभिजन पत्रकारितामा सक्रिय रहँदै आएका ठकुरीको निधनले सुर्खेतको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको सरोकारवालाहरूले बताएका छन् । उनले विशेषगरी टेलिभिजन पत्रकारितामा महत्वपूर्ण योगदान पुर्याउँदै स्थानीय सञ्चार माध्यमको विकासमा भूमिका खेलेका थिए ।
नेपाल पत्रकार महासंघ सुर्खेतले शोक वक्तव्य जारी गर्दै दिवंगत ठकुरीकाे निधनले सुर्खेती पत्रकारितामा अपुरणिय क्षति पुगेकाे जनाएकाे छ ।





