२०८२ चैत्र ३० गते
×

Now Playing

हिमशिखर मा.बि परीक्षा केन्द्र बाट परीक्षा संचालन भएको १२ मिनेटमै प्रश्नपत्र आउट

काली बहादुर परियार

जुम्ला,२४ चैत ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) जुम्लामा फेरि विवादको केन्द्रमा परेको छ। हिमशिखर माध्यमिक बिद्यालयकाे परीक्षा केन्द्र बाट परीक्षा सुरु भएको जम्मा १२ मिनेटमै सामाजिक विषयको प्रश्नपत्र बाहिरिए छ ।

प्राप्त गाेप्य जानकारी अनुसार, जुम्ला स्थित हिमशिखर माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट कालिका माध्यमिक बिद्यालयका एक विद्यार्थीले परीक्षा हलभित्रै मोबाइल प्रयोग गरी परीक्षा सुरू भएकाे १ मिनेटमै सामाजिक विषयको प्रश्नपत्र बाहिर पठाएका हुन् ।

परीक्षा जस्तो कडाइका साथ सञ्चालन हुनुपर्ने स्थानमै यस्तो गम्भीर लापरबाही हुनु सुरक्षा व्यवस्थाको ठाडो असफलता भएको स्पष्ट देखिन्छ।

परीक्षा केन्द्र भित्र मोबाइल लैजान पूर्ण रूपमा निषेध गरिएको हुँदाहुँदै विद्यार्थीले सजिलै मोबाइल प्रयोग गर्नुले निरीक्षक र केन्द्रध्यक्षकाे भूमिका माथि शंका उब्जाएको छ।

प्रश्नपत्र बाहिरिनु सामान्य त्रुटि नभई सुनियोजित कमजोरी वा मिलेमतोको संकेत हुा सक्ने आकलन गरिएको छ । परीक्षा संचालन भएको १२ मिनेटमै प्रश्नपत्र बाहिरिनु भनेको प्रणाली पूर्ण रूपमा असफल भएको प्रमाण हो ।

एक स्थानीय शिक्षकले आक्रोश व्यक्त गर्दै भने, यदि यस्ता घटनामा कडा कारबाही भएन भने भविष्यमा परीक्षा प्रणाली नै धराशायी हुने बताए ।

जुम्लामा पछिल्ला दिनहरूमा परीक्षा व्यवस्थापनमा देखिएका लगातारका कमजोरीहरूले सम्बन्धित निकायको कार्यक्षमतामाथि प्रश्न उठाएको छ।

पहिलाे दिन दुर्गा मा.वि लाम्रा परीक्षा केन्द्रमा उत्तरपुस्तिका नै गायव भएको भनिएकाे थियाे , पछि पुन नहराएकाे भनियाे र विद्यार्थी लाई केन्द्राध्यक्ष र निरिक्षककाे मिलाेमताेमा पुन परीक्षा दिन लगाइएकाे घटना दुबाे खबरले सार्वजनिक गरेकाे थियाे ।

उक्त घटना सेलाउन नपाउदै आज पनि पुन जुम्लामा परीक्षा संचालन भएको १२ मिनेटमै पश्नपत्र बाहिरीएकाे छ ।

हिमशिखर मा.बि परीक्षा केन्द्र बाट परीक्षा संचालन भएको १२ मिनेटमै प्रश्नपत्र आउट

निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित

हिमशिखर मा.बि परीक्षा केन्द्र बाट परीक्षा संचालन भएको १२ मिनेटमै प्रश्नपत्र आउट

कर्णाली सरकारद्वारा ६ दिन थप सार्वजनिक बिदा

Leave a comment

Your email address will not be published. Required fields are marked *