आज पनि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

दाङ ,२४ चैत ।

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत सातौं बैठक मंगलबार बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले ‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेश गर्ने कार्यक्रम रहेको छ । गत चैत २२ गतेबाट प्रदेश सभाको बैठक निरन्तर बसिरहेको छ ।

आज पनि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन 

आज पनि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

पेडारी नालामा पुल बनेपछि सास्ती हट्यो 

Leave a comment

Your email address will not be published. Required fields are marked *