प्रथम मेयरकप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई 

सुर्खेत, २३ जेठ । 

कर्णाली प्रदेशस्तरीय ‘प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८३’ को उपाधि सुर्खेतले जितेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रङ्गशालामा सम्पन्न प्रतियोगिताको फाइनलमा सुर्खेतले जुम्लालाई २–० गोलअन्तरले पराजित गरेको हो । विजेतालाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ट्रफीसहित रु चार लाख पुरस्कार प्रदान गरिन । 

त्यस्तै, उपविजेता टोली जुम्लाले रु दुई लाख पुरस्कार प्राप्त गर्यो । प्रतियोगिताका उत्कृष्ट खेलाडी जुम्लाका धर्मेन्द्र कुँवर, सर्वाधिक गोलकर्ता सुर्खेतका धनसिंह विक, उत्कृष्ट गोलरक्षक सुपबहादुर शाही, उत्कृष्ट डिफेन्डर दिवस बिसी, उत्कृष्ट मिडफिल्डर सुदीप गुरुङ र उत्कृष्ट प्रशिक्षक गणेश खड्कालाई जनही रु १५ हजार प्रदान गरियो ।

यही जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगितामा १० जिल्लाका १३ स्थानीय तहका खेलाडीको सहभागिता थियो । वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आर्थिक तथा जिल्ला फुटबल सङ्घ सुर्खेतको प्राविधिक सहयोग र कर्णाली प्रदेश फुटबल सङ्घको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रथम मेयरकप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई 

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना

प्रथम मेयरकप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई 

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर

Leave a comment

Your email address will not be published. Required fields are marked *