श्रमिक सुरक्षा कोष स्थापना गर्न टानको आग्रह

काठमाडौँ, १८ भदौ । 

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को पूर्ण कार्यान्वयनको माग गरेको छ । त्यस्तै, पदयात्री तथा श्रमिक सुरक्षाका लागि ‘सुरक्षा तथा राहत कोष’ स्थापना गर्न अनुरोध गरेको छ । 

टानका अध्यक्ष सागर पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेललाई ज्ञापनपत्र बुझाउँदै पर्यटन क्षेत्रको व्यवस्थित विकास तथा विपद्मा उद्धार कार्यलाई प्रभावकारी बनाउन टिम्सको अनिवार्य कार्यान्वयन हुनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डले विसं २०७९ फागुनदेखि विदेशी पर्यटकका लागि टिम्स शुल्क रु दुई हजार र सार्क राष्ट्रका पर्यटकका लागि रु एक हजार तोकेको छ । टानले उक्त निर्णयलाई कडाइका साथ लागू गर्दै ‘अनलाइन’ प्रणालीलाई व्यवस्थित बनाउन आग्रह गरेको छ ।

टानले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण कैयौँ पर्यटक र सहयोगी श्रमिकले ज्यान गुमाएको, कतिपय अझै बेपत्ता रहेको भन्दै टिम्सको अभावमा उनीहरूको तथ्याङ्क पत्ता लगाउन र खोजतलास गर्न कठिन भएको जनाएको छ । टिम्स अनुमति नहुँदा कुन क्षेत्रमा कुन देशका कति पर्यटक र श्रमिक छन् भन्ने आधिकारिक जानकारी नहुने भएकाले विपद्को समयमा समस्या परेको टानको प्रष्टोक्ति छ । 

पदयात्रामा जाने पर्यटक र श्रमिकको सुरक्षा, उद्धार र उपचारका लागि रु २५ करोड बराबरको ‘पदयात्री तथा पदयात्रा श्रमिक सुरक्षा तथा राहत कोष’ स्थापाना गर्नुपर्नेमा टानले जोड दिएको छ । रसुवा भोटेकोशी बाढीमा परी ज्यान गुमाएका पदयात्रा श्रमिकका परिवारलाई प्रतिव्यक्ति रु एक लाखका दरले राहत उपलब्ध गराउन पनि टानको माग छ । 

श्रमिक सुरक्षा कोष स्थापना गर्न टानको आग्रह

भोटेकाशी बाढी र जलवायु सङ्कटबारे विज्ञहरूसँग छलफल

श्रमिक सुरक्षा कोष स्थापना गर्न टानको आग्रह

रसुवा बाढीपीडितको उपचारका लागि सञ्चारकर्मीको पहल

Leave a comment

Your email address will not be published. Required fields are marked *