घुयँत्राे:”सरकार बन्यो, मन्त्री हरायो: कर्णालीमा कुर्सीले अझै मालिक पर्खिँदै!”

हैन ! कर्नालिका मुख्य मन्त्री साउन बाह्राँ नियुक्त भए देखिनै ककल्लाई मन्त्री बनाउलान हाम्रा मान्छे मन्त्रीयाँ पर्लान कि नपर्लान भनेर त्याे मुख्यमन्त्रीकाे क्वाटरतिर आँखा लाउँदा लाउँदै आँखा टट्याई सके तर मन्त्री बनाउन त चालचुलै गर्दैनन त हँ । प्रचण्ड र वलिकाे गठबन्धनाँ सरकार बनाउने बेलाँ नै कुन पाटियाट कति जना र कुनकुन मन्त्रालय कल्लाई भनेर नछुट्याएरै मुख्यमन्त्रीका लागि मात्रै गठबन्धन गर्या रैछन कि क्या? कतै नेताहरुकाे आदेशै मुख्यमन्त्री आँफुहरले बनाउने अनि मन्त्री जति मुख्यमन्त्रीले नै बनाउने त हैन । त्यसाे हाे भनेनि आज गाेडा पाँचेक दिन भै सक्याे मन्त्री बनाउन न माओवादि न एमाले काेहि चालचुल गर्दैनन त ! हुन पनि कर्नालियाँ सरकार बनाउनु माओवादिका लागि पाे हर्ष बढाईँ भाे तर त्यै माओवादिले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताब ल्याएर एमालेकै मुख्यमन्त्री फाल्ने अनि फेरि त्यै अविश्वास ल्याउने प्रस्ताबसित बिचरा एमाले सभासदहरका लागि के हर्ष बढाँइँ भाे र ? वलिका लागि मात्रै पाे हर्ष बढाइँ भा हाे ! प्रदेेशका साँसदका लागि त ” नखाम भने दिनभरिकाे सिकार खाम्त भने कान्छा बाउकाे अनुहार ” भा छ । प्रदेकाे राजनीति गर्दिनु पर्ने आँफुले , कार्यकर्ता र जनतालाई छलनीतिमा हालेर दाेषि बनाउने काम वलिले गरेछि बिचराहरकाे राजनितिनि के हाे के हाे उनरुनै अन्याेलाँ छन ।वलिकाे निरंकुसताले कैले काँग्रेसकाे बलि चढनु पर्ने त कैले माओवादिकाे ! वलिकाे अधिनायकवाद र निरंकुसताले बिचरा देशैभरका सांसदहरु थला परि सक्याछन । गाेडा तिनेक बर्ष काँग्रेसशीत दंगाफसाद गरिगरि शासन चलाका कर्नालिका एमालेहरु काँग्रेसीसांसदहरुले राजीनामा देर किनारा लागेछि अब त ढुक्कसित सरकार चलाईन्छ भनेर बसीराबेलाँ फेरि कुनचाइँ शत्रु लाएर माओवादिलाई चिमाेटेर अविश्वासकाे प्रस्ताब ल्याएर मुख्यमन्त्री कँडेल जीकाे जागि खाएर फेरि त्यै माओवादिसित मिलेर सरकार बना भनेर वलिले घाँटी निचाेरेछि कर्नालिका एमालेहरु त्यसै पागलझैँ बन्या छन त अनि काँट मन्त्री बनाएर काममा फर्किन्छन त भनेर गाई गुईँ गरि रहनु भन्दा त माओवादिहरुले मन्त्री बनाएर खुरुखुरु काम गरे भैगाे त । जुन दिन वलिलाई आफ्ना कार्यकर्तालाई मन्त्री बनाउन मन लाग्छ बनाई हाल्छन ।
कर्नालियाँ त मन्त्री बाँडफाँड सजिलाे छ त मुख्यमन्त्री हुनेले परम्परागतरुपाँ चलिअाका तिन्टा मन्त्री लिने बाँकि ४ मन्त्रालय सरकारलाई टेकाे लाउने पाटिलाई दिने । पूरा प्रदेशैभरि मंगल हुने भाे मंगलबार ,मंगल शाहि मुख्यमन्त्री हुने भए , बालेनले झैँ तेह्रै गते सपथ खान पाउने भए भनेर माओवादिहरले हल्लि खल्लि र हुटिङवाजी गरेका अनि १३ गते सपथ खाकाेमा आँफुहरलाई बालेनकै जस्ताे आशिर्वाद प्राप्त भकाे भन्ने माओवादि नेतारु शाता दिन बितिसक्दानि किन मन्त्री मण्डल विस्तार नगरेर बस्या हाेलान ? ! अब त प्रदेशको शासन सत्तानै अस्तब्यस्त हाेला त ? उता कर्मचारीहरु कैले माओवादीकाे सरकार आउला र मुख मिठ्याम्ला भनेर बस्याछन । यता माओवादिहरु मन्त्री बनाउन चालचुल गर्दैनन । मान्छे सबै ८४ काे चुनाबकाे रटाना ला छन त्यसैले कामसाम भन्या त्यस्तै हाे ! कामबिना बिल मिलाएर खाननि त ढिला हाेला त ! कति स्टाेरकिपरहरु मन्त्री कैले आउलान र तिनका लागि फर्निसिङ र हाँडा भाँडा ल्याम्ला र आफ्नाेनि गाेजि भरम्ला भनेर छटपटाईरा छन । त्यसैले ढिलाे नगरम्है नेताजीहरु ! राज्यकाे ढुकुटि सिध्याउननि ढिला गर्छन र ? लाै कर्नालिका माओवादि र एमालेकाे जयहाेस । है त !






